नेकपाकाे फागुन ८ गतेको बन्द फिर्ता
अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार १३:१७
रानीमहल पाल्पा, ७ फागुन । नेत्र विक्रम चन्द विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते गर्ने भनेको साविक लुम्विनी अञ्चलका जिल्लाहरुको बन्द कार्यक्रम फिर्ता लिएको छ ।

आफ्ना कार्यकर्तालाई प्रहरीले गिर्फतार गरेपछि उनीहरुको रिहाईको मागसहित बन्दको आह्वान गरिएकोमा प्रहरीले अर्घाखाची जिल्लाबाट पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरेपछि बन्दका कार्यक्रम फिर्ता लिएको पार्टीले जनाएकाे छ ।
गत माघ २३ गते अर्घाखाँचीबाट नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई पक्राउ गरेको थियो । उनीहरुसबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्क अर्घाखाँचीमा राखिएको थियाे उनीहरूलाइ छाडेपछि पाटीले बन्द फिर्ता लिएकाे हाे ।
नेकपाका पाल्पा जिल्ला सेक्रेटरी भुवन जिसीले आफ्ना कार्यकर्तालाई प्रहरीले गिर्फतार गरेपछि उनीहरुको रिहाईको मागसहित बन्दको आह्वान गरिएकोमा प्रहरीले अर्घाखाची जिल्लाबाट पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरेपछि बन्दका कार्यक्रम फिर्ता लिएको बताउनुभयाे ।