X
0
Shares

तिनाउँ मस्यामका किसानलाई गाईभैंसी व्यवस्थापन तालिम

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ११:५४

रानीमहल पाल्पा, ७ फागुन । तिनाउँ गाउँपालिका पशु विकास शाखाको आयोजनामा तीन दिने गाई भैंसी पालन व्यवस्थापन तालिम सम्पन्न भएको छ ।


गाउँपालिकाले वडा नं. ६ को डुम्रे र चिदिस क्षेत्रलाई दुध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम अगाडि बढाएको र त्यस क्षेत्रमा रहेका गाई तथा भैंसी पालक कृषकहरुलाई व्यवसायिक पशुपालन व्यवस्थापनको सम्बन्धमा तालिम दिइएको गाउँपालिकाका प्रमुख ओम बहादुर घर्तीले रानीमहललाई जानकारी दिनुभयो ।


चिदीस गाईभैंसी पालक कृषक समूहको अध्यक्ष विष्णु बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्ती मगर रहनुभएको थियो । प्रमुख अतिथि घर्तीले तालिम समापन कार्यक्रममा बोल्नुहुदै दुग्ध उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्ने क्षेत्रमा कृषकलाई अनुदान, भकारो सुधार, घाँस तथा दानामा अनुदान दिएरै भएपनि व्यवसायिक किसानलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले गाउँमा दुग्ध प्रशोधन मेसिन, संकलन केन्द्रमा सहयोग, बजारको प्रर्वद्धनमा गाउँपालिकाले किसानलाई सहयोग गर्ने बताउनुभयो ।
तिनाउँ गाउँपालिकाका पशु शाखा प्रमुख सतिस रसाईली र प्राविधिक हरी सुवेदीले तालिमको सहजिकरण गर्नुभएको थियो । डुम्रे र चिदीस क्षेत्रका ३० जना किसानहरुको सहभातिा रहेको तालिम समापन कार्यक्रममा तालिमका सहभागि सन्तवीर उचै, डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दुर्गा खाँड, प्रबन्धक गोपाल जिसी, वडा अध्यक्ष होमबहादुर पुन लगायतले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको संचालन तिनाउँ गाउँपालिकाका कृषि शाखा प्रमुख सतिस रसाइलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys