X

‘ प्राकृतिक स्राेतकाे उपयाेगसँगै समृद्द तिनाउँ निर्माणमा छाैं ‘

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ०४:३९

पाल्पा जिल्लाको मुख्य प्रवेशद्वार तिनाउँ गाउँपालिका प्राकृतिक स्रोत, सम्पदाले धनी गाउँपालिकाको रुपमा रहेको छ । साविकका ४ गाविसका ६ वटा वडामा विभाजन भएको गाउँपालिकामा थुप्रै पर्यटकीय सम्भावना, कृषि, पशुपालनको समेत उत्तिकै सम्भावना रहेको छ । यहाँ रहेका तालतलैया, फाँट, टार, बेसीलाई सहि रुपमा परिचालन गर्ने हो भने समृद्ध र सम्पन्न तिनाउँ गाउँपालिका निर्माणमा टेवा पुग्ने देखिन्छ यसै सन्दर्भमा तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीसंग रानीमहल डेक्सले कुराकानी गरेको छ, प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानी ः


रानीमहल ः तिनाउँ गाउँपालिकाको आ.व. २०७५÷०७६ प्राथमिकता के रहेको छ ?
घर्तीमगर ः गत वर्ष हामीले सडककै बढी बजेट बाड्यौ । तिनाउँ गाउँपालिकाको हामीले यस वर्ष मूख्य प्राथामिकतामा सडक लाई राखेका छौं । यहाँ रहेका हरेक टोलवस्तीहरुमा सडक संजाल पुर्याउने उद्देश्यले हामीले बजेट विनियोजन गरेका छौं । हामीले सडकमा ३ करोड ३० लाख जति विनियोजन गरेका छौं । तिनाउँ गाउँपालिका चुरे क्षेत्रमा पर्ने भएकोले यहाँ रहेका बाटो वर्षातमा बिग्रने भएकोले त्यसलाई स्तरउन्नती गर्ने, हामीले कम्तीमा भएका सडकको ४० प्रतिशत स्तरउन्नती गर्ने र ग्राभेल गर्ने हाम्रो प्राथामिकतामा रहेको छ ।


रानीमहल ः तिनाउँको दोस्रो प्राथामिकता के हो ?
घर्ती ः हामीले दोस्रो खानेपानीमा रहेको छ । तेस्रोमा सिंचाई रहेको छ । खानेपानीमा तिनाउँको दुर्गममा रहेको हरियाली गाउँमा १ करोड ३० लाखमा खानेपानी वितरण गर्ने योजना रहेको छ । त्यसको लागि पचास प्रतिशत प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गरेर अगाडि बढ्ने छ । सिंचाईमा हामीले साना सिंचाई कार्यक्रम, ओखलढुंगा खानेपानी, लामाचौर खानेपानी १० लाख, लिफ्टिङ्ग खानेपानी गड्डामा, मस्यामको शिखरडाँडा र अर्खलेको खानेपानी रहेको छ । एक वस्ती एक खेलकूद मैदान, एक घर एक धारा, कृषिमा आधुनिकरण, व्यवसायीक किसानलाई थप प्रोत्साहन लगायतका कार्यक्रमहरु गरेका छौं । यस्तै एक घर एक सहकारी सदस्य भन्ने अभियानलाई लागु गरिएको छ ।


रानीमहल ः सामाजिक विकास तर्फ कस्ता कार्यक्रमहरु छन् ?
घर्तीमगर ः लक्षित वर्ग कार्यक्रम अन्तर्गत ७ वटा लक्षित वर्ग समूहबाट कामहरु गरेका छौं । सामाजिक समावेशिकरण कार्यक्रम, स्वास्थ्य, शिक्षा, युवा लक्षित, खेलकूद, महिला आदिको क्षेत्रमा कार्यक्रम गरेका छौं । हामीले जेष्ठ नागरिक, युवा, दलित, अपाङ्ग, एकल महिला, बालबालिका लगायतका कार्यक्रमहरुलाई बजेट विनियोजन गरेका छौं । सोही अनुसार सामाजिक विकास गर्ने गरी हाम्रो कार्यक्रमहरु संचालन भएका छन् ।


शिक्षामा ससर्त अनुदान बाहेक ८८ लाख गापाले विनियोजन गरेको छ । जसमा भौतिक पूर्वाधार विकास, घेरावार, मर्मत, खानेपानी, पुस्तकालय, शिक्षक कमभएको स्थानमा नीजि स्रोतबाट भएपनि शिक्षक राख्ने कार्यक्रम छ । राम्रो शिक्षक, विद्यार्थी र विद्यालय पुरस्कृत गर्ने गापाको योजना छ ।
स्वास्थ्य तर्फ झुम्सा र कोल्डाँडामा सरकारी तवरबाट स्वास्थ्य इकाई स्थापना, अहिले ६ स्थानमा स्वास्थ्य इकाई स्थापना गर्ने कार्यक्रम छ । दुई घण्टा भन्दा बढी हिड्नु पर्ने स्थानमा ओखलढुंगा, बगाह, चरचरे, चौकीभञ्ज्याङ्गमा राख्ने कार्यक्रम छ । त्यहाँ एक एक जना कर्मचारी राख्ने योजना छ । अर्को वर्ष झिंगामारा र पाटनमा राख्ने योजना छ । संस्थागत सुत्केरीलाई सुत्केरी प्रोत्सान भत्ता, गर्भवती महिलालाई चार क्यारेट अण्डा दिने कार्यक्रम छ । सरकारी योजना अनुसारको ३५ किसिमका औषधी निशुल्क रुपमा वितरण गर्ने काम गरिरहेका छौं ।


रानीमहल ः योजना छनौट र कार्यान्वयको अवस्था कस्तो छ ?
घर्तीमगर ः यस वर्ष २ सय भन्दा बढी योजनाहरु छनौट भएर सम्झौंता गरी कार्यान्वयनको चरणमा छौैं । अहिले ८० प्रतिशत सम्झौंता भई ५० प्रतिशत भन्दा बढी भुक्तानी भइसकेको छ । बाँकी कामहरु पनि समयमै सक्ने गरी काम भईरहेको छ ।


रानीमहल ः विपन्न र असाह्यका लागि कस्ता कार्यक्रम छन् ?
घर्तीमगरः विपन्नलाई वडा नं. २ बाट विभिन्न सेवाबाट बन्चितलाई न्यानो कपडा, चामल, दाल लगायतका सामग्री वितरण गरिएको थियो । यस वर्ष हामीले फुसको छानो हटाउनको लागि २० लाख बजेट विनियोजन गरेका छौँ । जसमा वडा स्तरबाट छनौट गरी विपन्नलाई दिइनेछ ।
रानीमहल ः गाउँपालिकाबाट दिने सेवा, कार्यक्रममा राजनीतिक आधारमा भेदभाव गर्नुभएको छ की ?
घर्तीमगर ः आफ्नालाई काखा र अरुलाई पाखा भन्ने छैन, हामीले कुनै गुनासा आएमा छलफल गरी समानुपातिक रुपमा वितरण गर्ने गरिएको छ । हामीले बस्तीमा रहेका लाभान्वितलाई नछुट्ने गरी कार्याक्रम बनाउने र सोही अनुसार कार्यान्वयन गर्ने गरिएको छ । उपभोक्ता समिति गठन, अनुगमन र कार्यान्वयनमा ध्यान दिइएकोले समस्या भएको छैन । कही कतै योजना र उपभोक्ताको गुनासो आए पुन त्यस योजना र उपभोक्ता समितिका बारेमा छलफल गरेर बजेट विनियोजन गरेका छौँ ।
रानीमहल ः जनप्रतिनिधि हुँदाको समस्या तथा अनुभव कस्तो रह्यो ?
घर्तीमगर ः म पहिले पनि गाउँ विकास समितिको अध्यक्ष भएको हिसावले मलाई खासै समस्या भएन । गाविसमा एकजना सचिव मात्रै कर्मचारी हुन्थ्यो । यहाँ त धेरै कर्मचारीहरु, आफैं नियम कानून बनाउने, कार्यान्वयन गर्ने गर्दा सरकार र संसदको अभ्यास हुँदा नयाँ अनुभव चाही भएकै छ ।

हामीले नयाँ व्यवस्थामा पनि भएका साधन र स्रोतको अधिकतम उपयोग गर्दै जनतालाई अधिकतम सेवा दिइ रहेका छौं । हामीले गर्ने कामहरु ऐन, कानूनको अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने भएकोले अहिले चुनौति र अवसर दुवै रहेका छन् । गाउँपालिकामा कर्मचारी दरबन्दी अनुसार रहेकोले काममा समेत सहजता भएको छैन, हाम्रो प्राविधिक कर्मचारीहरुलाई अलि जिम्मेवारी भएकाले काम गर्न समस्या रहेको छ ।
रानीमहल ः अन्तिममा तिनाउँ गाउँपालिकाको ५ वर्षभित्रको विकासे रणनीति के छ ?
घर्तीमगर ः पाँच वर्षमा यातायात वर्षातमा पनि मुल वस्तीबाट बजारसम्म जाने गराउने, विद्युतिकरण सबै वडाबस्तीमा जोड्ने, विद्युतिकरण नभएका स्थानमा सोलार वत्ति जडान, काठको पोल विस्थापन, फुसको छानो रहित गाऊँ, गाउँमा कुखुरापालन, बाख्रापालन, भैंसीपालन लगायतका व्यवसायीक पशुपालनमा जोड, दालचिनी, अम्रिसोलाई व्यवस्थित खेति र व्यवस्थापन, दुध व्यवसायलाई थप सुद्रिढीकरण गर्ने, यहाँका पर्यटकीय क्षेत्रमा व्यवस्थापन, गाउँठाउँहरुमा केवलकार, सडक, तालतलैयाको संरक्षण लगायतका पूर्वाधार विकास गरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका विकासमा विशेष ध्यान दिने योजना रहेको छ ।

बसन्तपुर, नुवाकोट र सत्यवती क्षेत्रमा केवलकार बनाउने, बैकल्पिक मार्गहरुको व्यवस्थापन र स्तरउन्नती, खोलाहरुमा पुलको निर्माण, सिंचाईको व्यवस्थापन, सुकेताल, सत्यवतीतालको संरक्षण, कचलमा रहेकमो सिमसार क्षेत्रको स्थानमा कृतिम ताल बनाउने, जन्तिलुङ्गमा होमस्टेको संचालन गर्ने, गाउँपालिका भित्र रहेका खानी खनिज, प्राकृतिक स्रोत र साधनको उपयुक्त संरक्षण, कृषि र पर्यटनबाट आम्दानी, ८४ वटा सामुदायिक वनको संरक्षण, वन जंगल र जडिबुटीको उपयुक्त तवरले परिचालन गरेर आन्तरिक आयमा वृद्धि, विभिन्न खानी खनिजको राजस्व असुल सहित समृद्ध र सुखी तिनाउँ बनाउने योजना रहेको र सोही अनुसारका कामहरु अगाडि बढाइरहेका छौं । साथै तपाईको लोकप्रिय अनलाइनमार्फत केही भनाई राख्ने अवसर दिनुभएकोमा इरानीमहल टिमलाई विशेष धन्यवाद दिन चाहन्छु ।

समयमै काम सकेर समयमै हतारो विनानै योजना फरफारक हुन्छ ः प्रशासकीय अधिकृत पनेरु
ज्ञानु प्रसाद पनेरु
प्रमुख प्रशासकीय अधिकृत तिनाउँ गाउँपालिका, पाल्पा

हामीले गाउँसभाबाट पारित बजेट, स्थानीय माग र आवश्यकताको आधारमा पारित भएका यि योजनाहरुको पूर्ण रुपमा कार्यान्वयनमा विशेष गरी ध्यान दिएका छौं । टुक्रे योजनाभन्दा पनि परिमाणमुखी योजनामा बढी जोड दिएका छौं । गत वर्षको तुलनामा यस वर्ष योजना सम्झौंता ६० प्रतिशत बढी भइसको छ । जसले गर्दा योजनाको कार्यान्वयनको अवस्था सकारात्मक रहेको छ । हामीले समयमै काम सकेर समयमै हतारो विनानै योजना फरफारक गर्ने गरी काम गरेका छौं ।
तिनाउँ गाउँपालिकाले उपभोक्ता समिति मार्फत गर्ने कामहरुमा अलि कडाई गरेका छौं ।

प्राविधिकहरुले पनि सकेसम्म राम्ररी मूल्यांकन गर्ने र जनतालाई विकासको अनुभूति दिनेगरी काम गरेका छौं । सकेसम्म योजनाको सतप्रतिशत कार्यान्वय र नतिजामुखी काममा हामी लागेका छौं । तिनाउँ गाउँपालिकाले सबै पक्षसंग समन्वय गरेर गाउँपालिकाले लिएको उद्देश्य पूरा गर्नको तल्लिन रहेका छौं । हामीले विशेषगरी दुर्गम क्षेत्रको गाउँका योजनाहरुलाई पहिलो प्राथामिकता दिएर काम गरेका छौं, यहाँका पूर्वाधार विकास र स्तरउन्नती, पर्यटकीय क्षेत्र विकास, साधन र स्रोतको परिचालन, राजस्व असुली लगायतका क्षेत्रमा हामीले विशेषध्यान दिएर काम गरिरहेका छांै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys