X

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ०४:२७

काठमाडौँ, ७ फागुन (रासस) : विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । 



अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो । 

मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ । 

त्यसैले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । दैनिक ४÷५ जना औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय आउने गरेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys