X
0
Shares

तिनाउँ सत्यवतीकाे पृथ्वी प्रकाश माविको ६१ औं वार्षिकोत्सव

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ०४:१०

रानीमहल पाल्पा, ७ फागुन । तिनाउँ गाउँपालिका वडा नं. ४ सत्यवतिमा रहेको पृथ्वी प्रकाश माविको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।

गाउँपालिकाकै जेठाे विद्यालयका रूपमा रहेकाे पृथ्वी प्रकाश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा

प्रतिनिधिसभा सदस्य सेमप्रसाद पाण्डेय प्रमुख अतिथि रहनुभएके थियाे। प्रमुख अतिथि पाण्डेयले नेपाल सरकारकाे सामुदायिक विद्यालयमा भएकाे लगानीकाे सदुपयेग हुने गरी शिक्षाकाे गुणस्तर दिन अग्रह गर्नुभयाे ।

विशिष्ट अथिति तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले शिक्षालाई विशेष महत्व दिएर काम अगाडि बढाएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।  उहाँले विद्यालयमा १२ कक्षासम्म संचालन गर्रनके लागि गापाले सहयेग गर्ने बताउनुभयाे ।


विद्यालयका प्रधानाध्यापक तुल्सीराम पाडेलले ८७ लाख ५० हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष दान बहादुर गाहा, विद्यालय निरिक्षक लक्ष्मी कुँवर, प्रेम श्रेष्ठ, लक्ष्मी प्रसाद बस्याल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक दुर्गा चैहानले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys