X
0
Shares

तिनाउँ गाउँपालिकामा प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता

अमृत अधिकारी || ७ फाल्गुन २०७५,मंगलवार ०३:५२

रानीमहल, पाल्पा ७ फागुन । तिनाउँ गाउँपालिकामा प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयबिच प्रतिस्प्रर्धात्मक भावना जगाउन र विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले रानीहललाई जानकारी दिनुभयो ।


साविकको कचल, दोभान, मस्याम र कोल्डाँडा गरी चार गाविसका ६ वटा वडाहरुका विद्यालयहरुका विद्यार्थीबिचमा प्रत्येक वडा वडामा प्रतिस्प्रर्धा गरिएको उहाँले बताउनुभयो । वडा नं. १ कचलमा भएको प्रतिस्प्रर्धामा युवा वर्ष मावि कचल प्रथम, सिद्धमावि ठूली उदांग दोस्रो र सरस्वती आधारभूत विद्यालय झिंगामारा तेस्रो भएका छन् ।
यस्तै वडा नं. २ को दोभान तथा ३ को झुम्सा अन्तर्गतका विद्यालयबिच गरिएको प्रतिस्प्रर्धामा आर्दश आधारभूत विद्यालय ज्यामिरे प्रथम, दोभान मावि दोस्रो र थानीडाँडा मावि झ्याङ्ला तेस्रो स्थानमा भएका छन् ।
वडा नं. ४ सत्यवती र वडा नं. ५ कोल्डाँडामा रहेका विद्यालयबिच भएको प्रतिस्प्रर्धामा सत्यवती प्रावि लगाड प्रथम, कल्याणी आधारभूत विद्यालय गिट्टीखानी दोस्रो र सिर्जना आधारभूत विद्यालय श्रीडाँडा तेस्रो भएका छन् ।
यस्तै वडा नं. ६ को मस्यामा भएको विद्यालयहरुको बिचको प्रतिस्प्रर्धामा सरस्वती प्रावि तारिडाँडा प्रथम, देवी प्रावि कासिभञ्ज्याङ्ग दोस्रो र लक्ष्मी आधारभूत विद्यालय चिदिस तेस्रो भएको गाउँपालिकाका विद्यालय निरिक्षक लक्ष्मी कुँवरले रानीमहललाई बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys