X
10
Shares

भुजात क्रिकेट क्लबको आयोजनामा तेस्रो खुला क्रिकेट प्रतियोगिता शुरु

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ०१:४७

सीता डोटेल पाल्पा ६ फागुन । भुजात क्रिकेट क्लबको आयोजनामा धार्मिक स्थल भुजात सिद्धवावामा तेस्रो खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

महाशिवरात्रीमा ठुलो मेला लाग्ने धार्मिक तथा पर्यटकीय क्षेत्र सिद्धवावामा पछिल्ला २ बर्षदेखि नियमित प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताको आइतवार रामपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बोम बहादुर नामजालीले बलिङ र वडा सदस्य भगवान् अधिकारीले व्याटिङ गरेर उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष नामजालीले युवा शसक्तिकरण र मार्गदर्शनका लागि खेल महत्वपुर्ण हुने बताउनुभयो । सोही अबसरमा वडा सदस्य भगवान् अधिकारी, नबज्योति आमा समुहकी अध्यक्ष सरस्वती अधिकारीले गाउँ समाजमा लगनशील युवाको सक्रियताको खुलेर प्रशंसा गर्नुभएको थियो ।

भुजातमा रहेको पिपलपाटा सामुदायिक बन र नबज्योति आमा समुहको सहयोगमा भुजात क्रिकेट क्लबले राखेको प्रतियोगितामा पाल्पा र स्याङ्गजाका गरि १२ क्लबले भाग लिएका छन् । प्रतियोगितामा बिजयी र उपविजेता टिमले क्रमशः नगद ३० हजार, १७ हजार साथमा कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक नारायण भट्टराईले बताउनुभयो । खेलमा अनुशासित टिम तथा उत्कृष्ठलाई पनि पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

आउदो फागुन २० गते महाशिवरात्रीका अबसरमा भुजात सिद्धवावा मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । मेलाको अबसरमा विगतदेखि नै प्रतियोगिता तथा विभिन्न रचनात्मक कार्य हुदै आएको छ । कालीगण्डकीको तटमा रहेको यस सिद्धवावा मन्दिरमा धुमधामका साथ भजन कृतन तथा बिभिन्न झाँकी देखाउने गरिन्छ । जसले गर्दा यहाँ पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपुर, गुल्मी, रुपन्देही, कास्की सहित विभिन्न स्थानबाट मेला अबलोकन गर्न आउने नदी स्नान गर्ने र मन्दिरमा भगवान्को दर्शन गर्ने भक्तजनको भिडभाड लाग्ने गर्दछ ।

मन्दिर आसपासको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरेकाले पनि यहाँ पछिल्लो दिनमा मेलापर्व सँगै दैनिक पर्यटक आउने गर्दछन् । मन्दिर वरपर नदी किनारको खुला हरियाली चौर, मन्दिर पुग्ने सिढी सहितको बाटो, गोलाकारको विचमा भगवान् शिव सहित १०८ शिवलिङ्गको दर्शन सहित बनभोज स्थल र घामपानीमा ओत लाग्ने स्थल भएकाले पनि पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको स्थानिय मन्दिरका पुर्व अध्यक्ष सरोज अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys