X

सत्यवतीमा जनता सङ्ग सांसद भेटघाट कार्यक्रम सम्पन्न

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार १४:०८

दिल बहादुर गाहा पाल्पा ६ फागुन । पाल्पा क्षेत्र न २ का सांसद साेम प्रसाद पाण्डेले रैनादेवि छहरा -८ सत्यवती टारीफाँटमा जनता सङ्ग सांसद भेटघाट कार्यक्रम साेमबार सम्पन्न गर्नुभयाे ।

भेटघाट कार्यक्रममा बाेल्दै सासद पाण्डेले चुनावका बेला अाफु जुन चिन्ह वा पार्टी बाट चुनाव लडेर जिते पनि अाफु सबै दलकाे साँसद भएकाले बिकास निर्माण मा कसैलाई भेदभाव नगर्ने बताउनु भयाे।

स्थानीय जन्ताले राखेको समस्या तथा गुनासाे लाई सम्बाेधन गर्दै सिहदरबारकाे अधिकार गाउँ गाउँ सम्म अाएकाेले स साना याेजनाहरु स्थानीय सरकार बाट समाधान हुने हुदा स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला याेजनाहरु प्रदेस र केन्द्र सरकारले गर्ने नीति सरकारको रहेको ले ठुला याेजनाका लागि अाफुले जस्तोसुकै कदम चाल्ने बताउनु भयाे।रैनादेवी छहरा गाउँ पालिकाका स्थानीय सरकार का प्रतिनिधिहरुले बिकास काे काममा पक्षपात पुर्ण तरिकाले व्यावहार गरेकोे गुनासाे सुन्नमा अाएकाेले त्यसताे व्यावहार नगर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाइ सुझाव दिनुभयो ।

उहाँले एक बर्ष भित्र मा अाफ्नाे निर्वाचन क्षेत्रमा कुनै पनि घर बिधुत सुबिधा बाट बञ्चित नहुने कुरा दाबि गर्नु भयाे।बिधुत प्राधिकरण पाल्पाका प्रमुख रामु श्रेष्ठले यस क्षेत्र का जन्ता बिधुतकाे पहुच बाट बञ्चित भएकाले बिधुत लाइन बिस्तार काे लागि अाफुले अाबश्यक प्रकिया अघि बढाएकाेले केही महिना भित्र यस क्षेत्र का जन्ताहरुले बिधुत सुबिधा पाउने बिश्वास व्याक्त गर्नुभयाे ।

कार्यक्रममा राम बहादुर राउत , राम प्रसाद ज्ञवाली लगायतका व्याक्ति हरुले अाफ्ना बिचार राख्नु भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys