X
0
Shares

पाल्पा तानसेनका दुई सहकारी मर्ज हुने

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार १४:०२

छविलाल भट्टराई पाल्पा, ६ फागुन । तानसेन नगरपालिका वडा नम्बर ९ मा रहेका दुई वटा सहकारीहरु संगम बचत तथा ऋण सहकारी संस्था र मदनपोखरा बहुउदेश्यीय कृषि बजार सहकारी संस्था एक आपसमा एकीकृत हुने भएका छन् । तरकारी उत्पादन तथा बजारीकरणको मुख्य उदेश्यले २०५८ सालमा स्थापित मदनपोखरा बहुउदेश्यीय कृषि बजार सहकारी संस्था र सुद्ध वित्तिय कारोबार गर्ने उदेश्यका साथ २०६४ सालमा स्थापित संगम बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण गरी मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था बन्ने भएको हो ।


दुई भिन्न उदेश्य लिएर स्थापना भएका सहकारीहरु एक आपसमा एकीकृत भई सेयर सदस्यहरुको जीवनस्तर उठाउने संकल्पका साथ एकीकृत हुन लागेकका हुन् । मदनपोखराको तिन्टीआँपमा आयोजित संयुक्त साधारण सभामा दुवै सहकारीका सेयर सदस्यहरुले कृषि उत्पादन कृषि उपजको प्रसोधन प्याकेजिङ र बजारिकरण औधोगिकरण र बचत परिचालन गरी समृद्ध हासिल गर्ने साझा काममा लाग्ने प्रतिवद्धता गरेको हुन् ।


संयुक्त साधारण सभाले नाम विधान लोगो लगायतका कार्यनीति समेत पारित गरेको छ । एकीकरण सभामा प्रदेश न. ५ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रालयका प्रवक्ता उपसचिव श्री श्रीकृष्ण नेपालले दुई सहकारी बीचको एकताले जनतालाई फाइदा राष्ट्रिय नीति कार्यन्वयनमा सजिलो र अन्य सहकारीहरुका लागि अनुकरणीय रहेको बताउनु भयो ।

एकीकृत सहकरीले कृषिको उरर्वर भूमी मदनपोखरा र समग्र माडी क्षेत्रमै उत्पादित तरकारीको बजारिकरण र ओधोगिकरण्मा काम गरेर देशमै नमुना सहकारी बन्न सक्ने अवसर आएको प्रवक्ता नेपालले भन्नु भयो । संयुक्त साधारण सभामा माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई , तानसेन वडा नं ९ का वडा अध्यक्ष हरि सुमर रेग्मी, नेपाल पत्रकार महासंघका पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, जिल्ला सहकारी संघका पाल्पाका सचिव तथा सहकारी अभियान्ता भूपति पाण्डेले मदनपोखरा सधै अगुवा रहेकोमा फेरी अर्काे अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्नु भयो ।
संयुक्त साधराण सभा एकीकृत कार्यदलका संयोजक खेमराज न्यौपानेको अध्यक्षता कार्यदलका उप संयोजक इन्द्र प्रसाद पौड्यालको स्वागत मन्तव्य र सचिव घनश्याम घिमिरेको सञ्चालनमा चलेको थियो ।


संयुक्त साधारण सभाले अध्यक्ष खेमराज न्यौपाने उपाध्यक्षमा इन्द्र प्रसाद पौड्याल र धनपति गैरे सचिव घनश्याम घिमिरे सह सचिव सन्तोष कुमार अर्याल कोषध्यक्ष छविलाल भट्टराई रहेको १७ सदस्य तदर्थ समिति र मन बहादुर रानाको संयोजकत्वमा चिन्तामणि भट्टराई र विष्णु बहादुर चिदी सदस्य रहेको ३ सदस्य तदर्थ लेखा समति गठन गरेको छ । भूपति पाण्डेको संयोजक्तवमा एक प्रसाद भण्डारी र मोहन सापकोटा सहितको ३ सदस्य निर्वाचन मण्डलले निविरोध रुपमा नेतृत्वको चयन गरी निर्वाचित सवैलाई निर्वाचन मण्डलक संयोजक भूपति पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys