X

खोप्टार दर्छा खानेपानी तथा सरसफाई समितिको १६ औं वार्षिकोत्सव

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार १३:१४

सीता डोटेल पाल्पा ६ फागुन । खोप्टार दर्छा खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिको १६ औं बार्षिकउत्सब कार्यक्रम खोप्टारमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का सांसद युवराज खनालले उद्घाटन गर्दैं पानी मानव जीवनको महत्वपुर्ण चिज अझ खानेपानी जस्तो संवेदनशील बिषयमा समितिले गरेको कामको प्रशंसा गर्नुभयो ।


जस्तो पायो त्यस्तै होइन पानी उपयुक्त र स्वच्छ हुनुपर्छ खनालले भन्नुभयो खानेपानी र सरसफाई पु¥याउन स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार सबैसँग मिलेर लागेका छन् । उहाँले खानेपानी सँगै सरसफाई उत्तिकै महत्वपुर्ण भएकाले पानी उपयोग गर्न नजाने सफा नहुने हँुदा घरआगँन धारा सफा गरेर सुन्दरता र स्वस्थ्य बन्न आग्रह गर्नुभयो ।


कार्यक्रममा खानेपानी निर्माणको सहकार्य गरेको एसआरडिसीएन पाल्पाका अध्यक्ष कृष्ण बहादुर सारुले संस्थाको अग्रसरतामा बनेको खानेपानीको निरन्तरता र मर्मत तथा संभारमा उपभोक्ताले गरेको कार्यले आफुलाई खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिष्णदेवी घिमिरे आचार्यले स्वच्छ पानी र सरसफाईका लागि घरपरिवार समुदाय र धारा समिति मुल समिति लाग्नुपर्नेमा जोड दिनुभयो । विगतदेखि सफा धारोको नारा बोकेको खोप्टार खानेपानीले घरआगन र समुदाय सरसफाईमा उत्तिकै महत्व दिएर नमुना बन्नुपर्ने भन्दै यसका लागि नगरले सदा सहयोग गर्ने बताउनुभयो ।


रामपुर दोस्रो साना शहरी खानेपानी अध्यक्ष कमलराज भट्टराई, नेपाली काग्रेंस नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपामा नगर सचिव दामोदर पाठक, उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वडा नम्बर ४ का वडा सदस्य मकबुल मिँया, रानीवन तथा वडवान् बनका उपाध्यक्ष बिष्णु जि.सी., उपभोत्ता रेनुकादेवी ठाडालगायतले बोल्दै खोप्टार पानी नियमित सञ्चालन र यसले पु¥याएको सेवाका बारेमा बोल्नुभएको थियो ।

सोही अबसरमा समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण थापाले २० लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष पुर्ण बहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तीले गर्नुभएको हो । सोही अबसरमा बिभिन्न प्रतियोगितामा बिजयी हुने तथा उत्कृष्ठ धाराहरुलाई पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys