X

परिवार नियोजन संघ पाल्पा द्वारा चेतनामुलक नाटक प्रदर्शन

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार १३:००

विकास काफ्ले पाल्पा, ६ फागुन । नेपाल परिवार नियोजन संघ, पाल्पा शाखा द्वारा विभिन्न कथामा चेतकमुलक नाटक प्रदर्शन गर्दै आईरहेको छ। ।

कहिले असुरक्षित गर्भपतन त कहिले पोषण तथा सरसफाई सम्बन्धी चेतनामुलक नाटक गर्दै आएको छ। । आज भने नेपाल परिवार नियोजन संघ, पाल्पा शाखाको प्राविधिक सहयोग र बतुर्ङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति बतुर्ङ पाल्पाको विशेष गरी छैंठौ साधारण सभा को अवसर पारेर,सोहि समितिको आयोजनामा नाटक प्रदर्शन गरिएको थियो । उक्त नाटकको मुख्य उद्देश्य “खानेपानीको मुहान सधै सफा राख्ने,विभिन्न रोगबाट जस्तै झाडा पखाला, हैजा रोगहरुसंग बच्ने थियो। ।

सोहि कथामा नेपाल परिवार नियोजन संघका कर्मचारी आयाम कार्कि, सोमबाबु आले, लेखनाथ ढकाल, कार्यसमिति युवा सदस्य मिलन खड्का, युवा सदस्य समीक्षा गुरुङ, रामकृष्ण थापा र सुविना गाहाको भूमिका रहेको थियो । उक्त नाटक हेर्ने दर्शक जति सबैले मन पराउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys