X

गाजामा भएको झडपमा प्यालेस्टिनी नागरिक र इजरायली सैनिक घाइते

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ११:३०

गाजा सिटी, ६ फागुन (रासस/एएफपी) – उत्तरी गाजा क्षेत्रमा आइतबार भएको झडपमा १९ जना प्यालेस्टिनी नागरिक र एक जना इजरायली सैनिक घाइते भएका छन् । 


इजरायली सेनाले जारी गरेको ट्वीटमा भनिएको छ, “प्यालेस्टिनीले प्रहार गरेको विस्फोटक पदार्थ पड्किएर एक जना इजरायली सैनिक घाइते भएका छन् ।” विस्फोटक पदार्थ फालिएपछि सेनाले गरेको जवाफी कारबाहीमा हमास लडाकू समूहका दुई वटा पोस्ट ध्वस्त भएको सेनाले जनाएको छ । 

हमास नेतृत्वमा रहेको गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको गोली लागेर १९ जना प्यालेस्टिनी घाइते भएको बताएको छ । 

इजरायलसँग सीमा जोडिएको गाजा क्षेत्रमा हरेक साता भेला हुने प्यालेस्टिनी र इजरायली सेनाबीच हिंसात्मक भिडन्त हुने गरेको छ । योक्रम एक वर्षदेखि जारी छ । 

गत वर्ष मार्च ३० तारिखदेखि यतामात्र इजरायली सेनाको गोली लागेर कम्तीमा २५० जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अधिकांशको मृत्यु सीमा क्षेत्रमा भएका प्रदर्शनका क्रममा भएको छ भने केहीको इजरायली टैंक र हवाई आक्रमणमा मृत्यु भएको छ । 

यही अवधिमा दुई जना इज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys