X

खानेपानी अभावले गाउँ छोड्न बाध्य

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ११:२७

–कृष्ण न्यौपाने  दमौली, ६ फागुन : तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन । 



पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उहाँले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिउनको लागि पानी छैन, तरकारी खेतीका लागि कहाँबाट पानी ल्याउनु ? जग्गाजमीन यसै बाँझो राख्नुपर्ने अवस्था छ ।” 

पानीकै अभावमा भएको जग्गा जमीनमा तरकारी समेत रोप्न नपाएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार यस ठाउँका महिला बिहान ४ बजेदेखि नै पानी लिन कुवामा जाने गरेका छन् । 

दर्लामीका अनुसार पिउने र सरसफाइ गर्ने पानी लिनका लागि एक घण्टा भन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “पिउने पानीकै जोहो गर्न कठिन छ, अन्य कामका लागि पानीको जोहो गर्न सकिरहेका छैनौ ।” बिहान हुने वित्तिकै पानीको जोहो गर्न कुवामा जानुपर्ने अवस्था रहेको उहाँको गुनासो छ । 


मगर जातिको बसोवास रहेको यस ठाउँमा खानेपानीकै समस्याले गर्दा स्थानीय मर्कामा परेका छन् । खानेपानीकै अभावले यहाँका केही स्थानीयवासीले बसाइसराइ गरेका छन् । 

स्थानीयवासी अमर थापाका अनुसार केही वर्ष अगाडिसम्म ९८ घरधुरीको बसोवास रहेको यस ठाउँमा अहिले ६८ घरधुरी छन् । उहाँले भन्नुभयो, “खानेपानीको अभावले गर्दा कतिले यो ठाउँ छाडिसके, अझै कतिले छोड्ने हुन् थाहा छैन ।” उहाँका अनुसार यस ठाउँका मानिस दमौली आसपास बसाइँ सरेका छन् । 
(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys