X
0
Shares

सरकारी वकिल कार्यालयले राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ११:२३

काठमाडौँ, ६ माघ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

/fi6«klt ljBfb]jL e08f/L ;dIf /fi6«klt sfof{nodf ;f]daf/ cfof]lht ;df/]]fxdf dxfGofoflwjQmf sfo{fnosf] jflif{s k|ltj]b a’emfpFb} dxfGofoflwjQmf clUg k|;fb v/]n . t:jL/ M rGb|snf If]qL,sf7df8f}F,/f;;


शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । 

नेपालको संविधानको धारा १५९ को उपधार (१) मा भएको व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष संविधान र सङ्घीय कानून बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । 

वार्षिक प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट सम्पादन भएका काम कारवाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत् जनशक्तिको विवरणसहित महत्वपूर्ण काम समेटिएको छ । 

यस आर्थिक वर्षमा नेपाल सरकार वादी मुद्दा चलाउने गरी निर्णय भएका २९ हजार २३० र प्रतिवादी ५८ हजार ५३९ मुद्दा रहेका छन् । महान्यायाधिवक्ता तथा मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या ८० हजार ७७ रहेको छ । यो गत आर्थिक वर्षको भन्दा ६ दशमलब ९८ प्रतिशतले बढी हो । 

प्रतिवेदनमा सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दा ६५ हजार ५२७ रहेको छ । यो गत आवको भन्दा चार हजार ६०९ अर्थात् सात दशमलव ५७ प्रतिशतले बढी हो । 

विगत पाँच आर्थिक वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको सङ्ख्य ६५ प्रतिशतले वृद्धि भएको र सो अनुसार कार्यसम्पादनमा जनशक्तिको वृद्धि हुन नसक्दा कार्य सम्पादनमा प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys