बेलायतमा लिम्बुवानसम्बन्धी बैठक
अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ०२:४८
बेलायत । लिम्बुवान नागरिक समाज, युकेले लिम्बुवान जागरण अभियान थाल्ने निर्णय गरेको छ । सन् २०१९ लाई दशक वर्ष घोषणा गर्दै वर्षभरि विविध क्रियाकलापहरू आयोजना गर्ने निर्णय गरेको हो । शनिबार आसफोर्डमा बसेको केन्द्रीय बैठकले नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई रचनात्मक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छत्र वनेमले जानकारी दिए ।
समाजले प्रदेश १ को नामाकरणमा लिम्बुवानको पहिचान नछुटाउन समेत माग गर्दै चाँडै नेपाली दूतावासमार्फत् प्रदेश सभामा ज्ञापनपत्र बुझाउने तयारी गरेको वनेमले बताएका छन् ।
नेपालको सुदूरपूर्वी क्षेत्रमा चलिरहेको पहिचानको आन्दोलनलाई सहयोग गर्ने उद्देश्यले सन् २००९ मा बेलायतमा समाजको स्थापना भएको थियो ।

केन्द्रीय बैठकले दर्जन बढी सल्लाहकारसमेत मनोनयन गरेको छ । सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष नरेन्द्र मावोहाङ, पूर्वअध्यक्ष दिल सम्बाहाम्फे, सिरी साम्यू, निर्मल पतङ्वा, राजेन्द्र खिम्दिङ, याक्थुङ चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फे, तेह्रथुम समाज अध्यक्ष डम्मर सिङ्गक, धनकुटा समाज अध्यक्ष पूर्ण फालेच्छुवा, पान्थर समाज अध्यक्ष चन्द्र सुन्दास, ताप्लेजुङ अध्यक्ष बुद्घमिान दर्नाल, धन लिम्बु, दिल पालुङ्वा लगायत छन् ।