X

भारतीय सेनाको अवकास पछि लोकल कुखुरा पालनमा पाल्पा सत्यवतीका रेश्मी

अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ०२:१५

दिल बहादुर गाहा पाल्पा, ६ फागुन । परम्परागत रुपमा पालिदै आएको लोकल कुखुराहरु विस्तारै हराउँदै जाँदा बोईलर कुखुराको फर्म त जहाँ कही देख्ने र सुन्ने गरेको हामी पाउछौ तर लोकल कुखुराको फर्म देख्ने गरेको पाईदैन ।


तर रैनादेवी छहरा ८ सत्यवती पाल्पामा भारतीय सेनामा २० बर्ष काम गरी अबकास प्राप्त भुपु सैनिक होम बहादुर रेश्मीले बिगत एक बर्ष देखि लोकल कुखुराको फार्म खोल्नु भएको छ । उहाँले सत्यवती लोकल कुखुरा पोल्टी फर्मको स्थापना गरी स्थानीय जातका कुखुराहरु पालन गर्दै आउनुभएको छ ।


बोईलर कुखुराको फर्म गाउँगाउँमा समेत हुँदा स्थानीय जातका कुखुरारहरु लोप हुने अवस्थामा पुगेको र स्थानीय कुखुराको बजारमा माग र मूल्य समेत उच्च भएकोले लोकल कुखुराको फार्म खोलेको रेश्मीले रानीमहललाई बताउनुभयो ।


उहाँले लोकल कुखुराको फर्म कसैले पनि नगर्ने गरेको हुँदा नमुनाको रुपमा शुरुवात गरेको बताउनु भयो । किन यो व्याबसाय नै रोज्नु भयो त भन्ने प्रश्नको जवाफमा उहाँ भन्नू हुन्छु बोइलर कुखुरालाइ धेरै मेहनत, पूरा समय दिनु पर्ने, दिन रात धेरै मर्ने, बचाउन नसकिने,दानापानि र औषधिमा बढी खर्च आउने हुन्छ त्यसैले बोइलर भन्दा लोकल कुखुरापालन उत्तम रहेको छ ।
रेश्मीका अनुसार लोकल कुखुरामा झट्ट रोग नलाग्ने, गाउँ घरमै उत्पादन हुने अन्न जौ, गहु, मकै जस्ता अन्न खुवाउन सकिने, समय बराबर दिन नपर्ने , बाहिर दिनभरी चराउन पाइने,धेरै आम्दानी हुने बजार भाउ समेत उच्च भएकोले लोकल कुखुरा पालन गरेको बताउनुभयो ।


एक लाख रुपैयाँको लगानीमा काम शुरुवात गर्नु भएका रेश्मीले शुरुमा २ सय वटा चल्ला हालेर शुरु गरेको बताउनुभयो । उहाँको फार्ममा ५÷६ महिना मै २ देखि ३ केजी सम्म तौल हुने कुखुरा भएका छन् ।


रेश्मीको अनुसार प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री गर्ने गरेको र कुखुरा किन्न होटेल तथा कटेज, स्थानीय घरमै आइ लैजाने हुँदा बजारको समेत समस्या नहुने र राम्रो आम्दानी हुने गरेको लाहुरे दाई भनेर समेत चिनिने रेश्मीले रानीमहललाई बताउनु भयो ।


उहाँले भूपूहरु घरमा बस्दा प्यारालाइसिस् जस्ता रोगले समात्ने भएकाले कुनै पनि कान गर्न सुझाव समेत दिनुभयो, युवाहरु वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै पशुपालन, कृषि र कुखुरापालनमा लागेमा देश समृद्धि सहित रोजगारी समेत स्थापना हुने रेश्मीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys