सत्यवती मावि काे ५४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
अमृत अधिकारी || ६ फाल्गुन २०७५,सोमबार ०१:५६
दिल बहादुर गाहा पाल्पा ६ फागुन । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न ८ स्थित सत्यवती मावि काे ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक समारोहका बिच अाइतबार सम्पन्न भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि रैनादेवि छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै यस विद्यालय भाैगाेलिक विगतमा भएपनि तीन वटा बडा मा शिक्षाको ज्याेति छर्न सफल भएकाे बताउनु भयाे।

यस विद्यालयकाे प्रमुख समस्या बाल बाल बिवाह रहेकाले बाल बिवाह राेक्नु पर्ने र यसकाे अन्तयकाे लागि अाफुले जस्तो सुकै कसर बाकी नराख्ने प्रतिबद्ता ब्याक्त गर्नुभयो । अाफु पनि शिक्षक बाटै राजनीति मा अाएकाेले विद्यालय र शिक्षकका समस्या नजिक बाट हेर्ने गरेकाे बताउनु भयाे।

बिशिस्ट अतिथि वडा न ८ का वडाध्यक्ष थमान रानाले यस क्षेत्रमा प्राविधिक शिक्षा काे अावश्यकता महशुस भएकाेले गत साल नै कामकाे प्रकि्या अघि बढाएकाे हुदा सम्वत अाउने शैक्षिकसत्र देखि सञ्चालनमा अाउने बताउनु भयाे। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति का भुपु अध्यक्ष प्रेम घिमिरे दिल बहादुर गाहा,बिजय खनाल,राम कलि बि क लगायतले बिधालय काे प्रगतिकाे शुभकामना दिनुभएकाे थियो ।बिधालय ब्याबस्थापन समितिका अध्यक्ष हाेम बहादुर रेश्मि काे सभापतित्वमा भएकाे कार्यक्रममा प्रअ अर्जुन मरासनीले अार्थिक बर्ष ०७४/७५ काे शैक्षिक ,भाैतिक र ३६ लाख ५७ हजार बराबरकाे अाय व्यय प्रस्तुत गर्नु भएकाे थियो ।
यस देखि ब्याज र खादामा लाग्ने फजुल खर्च घटाई यसकाे सट्टामा पिपल काे पात ब्याज र फुल दिई अतिथि लाई स्वागत गरि झन्डै ४ हजार खर्च बचत गरेकाे बताउनु भयाे। यस शैक्षिक सत्रमा यस
विद्यालय मा १० जाेडि ले बालबिबाह गरि पढाइ छाड्ने गरेकाे र दैनिक ६ घण्टा हिडेर यहाँ अध्ययन गर्न अाउने गरेकाे बताउनु भयाे। झण्डै विद्यालयका सहायक प्रअ इश्वरि प्रसाद पाैडेलकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा एस एल सि २०५४ साल का भुपु बिध्ायार्थी बाट स्थापना भएकाे अनाथ बालबालिका छात्रवृत्ति १३ जना लाई, अपांग छात्रवृत्ति १ जनालाइ, जेहेन्दार छात्रवृत्ति १ जनालाइ बितरण गरिएको थियोे ।

कार्यक्रममा कक्षामा प्रथम,दितिय,तृतीय हुने र अतिरिक्त कि्याकलापमा उत्कृष्ट हुने बिध्ार्थी हरुलाइ पुरस्कार बितरण गरिएकाे थियाे। तेसै गरि ३० बर्ष सेवा गरेबापत शिक्षक शेषराज पाैडेल लाइ दाेसल्ला अाेढाइ विद्यालयले सम्मान गरेकाे थियोे । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियोे । कार्यक्रम काे सञ्चालन शिक्षक हरी प्रसाद घिमिरेले गर्नुभएकाे थियोे ।