X
0
Shares

२ सय ७२ जनालाई वितरण गर्यो रानपाले अपाङ्गता परिचय पत्र

अमृत अधिकारी || ५ फाल्गुन २०७५,आईतवार १३:१९

सीता डोटेल पाल्पा रामपुर ५ फागुन । रामपुर नगरपालिकाले अपाङ्गता परिचय पत्र बितरण गरेको छ । गत माघ १७ गते अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ पारित भएपछि रामपुर नगरपालिकाले नगरका अपाङ्गता भएका नागरिकलाई नयाँ परिचय पत्र बितरण, पुरानो अद्यावधिक र परिवर्तिन परिचय पत्र वितरण गरेको हो ।


गाउँ गाउँमा सिंहदरबार भन्ने नारा सहित राज्यले स्थानीय तहलाई अधिकार दिएपछि रामपुर नगरपालिकाले कार्यालयमा ३ दिने सेवा शिविर राखेर अपाङ्गता परिचय पत्र वितरण गरेको हो । नगरपालिका कार्यालयमा चलेको ३ दिने शिविरबाट २ सय ७२ जनाले अपाङ्गता परिचय पत्र लिएको नगरपालिकाका महिला विकास सहायक निरिक्षक तथा परिचय पत्र वितरण समन्वय समितिका सदस्य सचिव पुजा परियारले बताउनुभयो ।
शिविरबाट ७७ जनाले नयाँ, १ सय ६८ जनाले पुरानोे अद्यावधिक र ३३ जनाले परिवर्तन गरेको अपाङ्गता परिचय पत्र लिएको परियारले जानकारी दिनुभयो । जस अन्तर्गत ७७ जनाले रातो, १ सय ५ जनाले निलो, ५८ जनाले पहेलो र ३२ जनाले सेतो परिचय पत्र प्राप्त गरेका छन् । पहिले नै परिचय पत्र लिएकाको परिचय पत्र बर्षदिन पछि लागु नहबुने भएकाले परिचय पत्र वितरण कार्यविधि आएसँगै नयाँ परिचय पत्र तथा अद्यावधिक गरेको हो । नगरपालिकाले शिविरको पहिलो दिन वडा नम्बर १,२,३,४ र ५ र दोस्रो दिन ६,७,८,९ र १० नम्बर वडाका नागरिकलाई परिचय पत्र वितरण गरेको थियो भने माघ ५ गते छुटपुटका लागि शिविर सञ्चालन गरेको थियो । बाँकी नगरका अपाङ्गताहरुलाई नियमित रुपमा काजगपत्र भिडाएर परिचय पत्र बितरण गर्दै जाने अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।
रामपुर अस्पतालका डाक्टरहरुको प्राविधिक सहयोगमा नगरपालिकाले अपाङ्गता आफ्नै मातहतबाट परिचय पत्र वितरण गरेको उहाँले बताउनुभयो । नगरपालिकाले फागुन ३ गते प्रदेशले दिएको सार्वजनिक विदा र ४ गते शनिवार विदाको समयमा पनि अपाङ्गता परिचय पत्र बितरण गरेको हो । स्थानीय तहमा कर्मचारी अभावका कारण वडाबाट सेवा दिन नसकेको बताउदै परियारले निर्देशिका आइसकेपछि किन ढिला गर्नु भनेर कार्यालयको व्यस्तताका बाबजुद विदाको मौका पारेर भएपनि सेवा दिएको बताउनुभयो ।
नगरपालिकाले नगरको केन्द्रमा शिविर राखेर अपाङ्गता परिचय पत्र वितरण गरेपनि सिंहदरवारको अधिकार घरघरमा भन्ने राज्यको अबधारणा अनुरुप नभएको अपाङ्गताले गुनासो गरेका छन् । १० वटा वडा रहेको रामपुर नगरपालिकाका टाढाका वडाका नागरिकले अपाङ्गता भएका नागरिकलाई घण्टौं लगाएर नगरपालिका कार्यालय सम्म ल्याउन पर्दा समस्या भएको बताए । उनीहरुले वडा–वडाबाट सेवा पाए धेरै राहत मिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys