X
0
Shares

बगनासकालीकाे यम्घामा टपरी बनाउने तालिम सम्पन्न

अमृत अधिकारी || ५ फाल्गुन २०७५,आईतवार १३:११

दयाराज न्यौपाने पाल्पा ५ फागुन / बगनासकाली गाउँपालिका ६ यम्घा ठुलापोखरामा मेसिनबाट सालको पातको टपरी बनाउने ५ दिने तालिम सम्पन भएको छ ।


घरेलु तथा साना उद्योग कार्यालयको आयोजना, जिल्ला समन्वय समिति र स्मार्ट नेपालको समन्वयमा भएको तालिम समापन समारोहलाई संबोधन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले परम्परागतरुपमा रहेको टपरी बनाउने बिधि आधुनिक प्रविधिको प्रयोगले समयको सदुपयोग सगै आर्यआर्जनमा टेवा पुग्ने भन्दै प्रबिधिको सहि काममा उच्चतम प्रयोग हुनु आवस्यक रहने कुरामा जोड दिनु भएको थियो ।


कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला समन्वय समितीका उप प्रमुख मिरा मरासीनीले तालिमले सिप ,आर्थिक अवस्था र महिलाहरुको अवस्थामा सुधारले समाजलाई सकारात्मक प्रभाव पार्ने बताउनु भएको थियो । 


नेपाल सरकारले रोजगारी सृजना गर्ने उदेश्य र स्थानिय कच्चा प्रदार्थमा आधारीत भएकोले पनी र मागको आधारमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाट मेशिन उपलब्ध गराईएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले बताउनु भयो । सालको पातलाई लाफा बनाई घाममा सुकाई ओईलाई मेशिनको डाईको सहयोगले टपरी र दुना बनाउन सकिने र एक ठाउँबाट बिक्री गरी लैजान सहज हुने आकार भएको र पलाष्टीक जन्य बस्तुको प्रयोगलाई समेत न्युन गर्ने सकिने भएकाले पनी महिलाहरुको सक्रियता र मेशिनको माघ बढेको कार्यलय प्रमुख बालकृष्ण गैरेको भनाई थियो । 


२६ जना महिलाहरुको सहभागी रहेको आधुनिक मेशीनबाट टपरी बनाउने तालिम समापन कार्यक्रममा वडा सदस्य सीतादेवी पाण्डे,सहभागी सीता देवी बस्याल,पत्रकार दयाराज न्यौपाने स्मार्ट नेपालका सचिव एन्जिना खनाल ,उधम बिकास सहजकर्ता मनोज घिमिरे लगाएतले बोल्दै खेर गइरहेको पातबाट महिलाहरुले टपरी बनाएर आय आर्जन गर्न सक्ने बताउनु भयो । दुना टपरी बनाउने तालिम प्रशिक्षक दिलकुमारी थापाले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys