X

पाल्पा कोल्डाँडामा रहेको बुद्धि विकास माविको ५२ औं वार्षिकोत्सव

अमृत अधिकारी || ५ फाल्गुन २०७५,आईतवार ११:३६

रानीमहल पाल्पा, ५ फागुन । तिनाउँ गाउँपालिका वडा नं. ५ कोल्डाँडामा रहेको बुद्धि विकास माविको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर चौहानको अध्यक्षतामा भएको कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घर्तीले शिक्षालाई विशेष महत्व दिएर काम अगाडि बढाएको बताउनुभयो ।


उहाँले शिक्षाको गुणस्तर वृद्धिमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।


विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद चौहानले ५० लाख ९८ हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडा अध्यक्ष दलबहादुर दर्लामी, वडा सदस्य बलबहादुर सारु, स्थानीय युवा गणेश रास्कोटी, पूर्व शिक्षक निरन्जन लम्तरी लगायतले बोल्नु भएको थियो । शनिवार भएको कार्यक्रमको संचालन शिक्षक झमान सिंह सारुले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys