X
0
Shares

रामपुरमा १ सय ६७ जनालाइ अपाङ्गता परिचय पत्र वितरण

अमृत अधिकारी || ५ फाल्गुन २०७५,आईतवार ११:२१

सीता डोटेल पाल्पा रामपुर ५ फागुन । रामपुर नगरपालिकाले अपाङ्गता परिचय पत्र बितरण गरेको छ । गत माघ १७ गते अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ पारित भएपछि रामपुर नगरपालिकाले नगरका अपाङ्गता भएका नागरिकलाई नयाँ परिचय पत्र बितरण, पुरानो अद्यावधिक र परिवर्तन परिचय पत्र वितरण गरेको हो ।


गाउँ गाउँमा सिंहदरबार भन्ने नारा सहित राज्यले स्थानीय तहलाई अधिकार दिएपछि रामपुर नगरपालिकाले कार्यालयमा ३ दिने सेवा शिविर राखेर अपाङ्गता परिचय पत्र वितरण गरेको हो । नगरपालिकामा शिविरबाट १ सय ६७ जनाले अपाङ्गता परिचय पत्र लिएको नगरपालिकाका महिला विकास सहायक निरिक्षक तथा परिचय पत्र वितरण समन्वय समितिका सदस्य सचिव पुजा परियारले बताउनुभयो । नगरपालिकाले फागुन ३ गते प्रदेशले दिएको सार्वजनिक विदा र ४ गते शनिवार विदाको समयमा पनि सेवा दिएको हो । स्थानीय तहमा कर्मचारी अभावका कारण वडाबाट सेवा दिन नसकेको बताउदै परियारले निर्देशिका आइसकेपछि किन ढिला गर्नु भनेर कार्यालयको व्यस्तताका बाबजुद विदाको मौका पारेर भएपनि सेवा दिएको बताउनुभयो ।

यसैबिच नगरपालिकाले आइतवार परिचय पत्र लिन छुटेकाका लागि पनि परिचय पत्र बितरण गर्र्ने जनाएको छ । परिचय पत्र वितरण शिविरको पहिलो दिन वडा नम्बर १,२,३,४ र ५ र दोस्रो दिन ६,७,८,९ र १० नम्बर वडाका नागरिकलाई परिचय पत्र वितरण गराएको हो । रामपुर अस्पतालका डाक्टरहरुको प्राविधिक सहयोगमा रामपुर नगरपालिकाले अपाङ्गता आफ्नै मातहतबाट परिचय पत्र वितरण गरेको अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।


शिविरको पहिलो दिन ७८ जना र दोस्रो दिन ८९ जनाले अपाङ्गता परिचय पत्र लिएका हुन् । नगरपालिकाले नगरको केन्द्रमा शिविर राखेर अपाङ्गता परिचय पत्र वितरण गरेपनि सिंहदरवारको अधिकार घरघरमा भन्ने राज्यको अबधारणा अनुरुप नभएको अपाङ्गताले गुनासो गरेका छन् । १० वटा वडा रहेको रामपुर नगरपालिकाका टाढाका वडाका नागरिकले अपाङ्गता भएका नागरिकलाई घण्टौं लगाएर नगरपालिका कार्यालय सम्म ल्याउन पर्दा समस्या भएको बताए । उनीहरुले वडा–वडाबाट सेवा पाए धेरै राहत मिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys