X
5
Shares

पूर्वखोलामा वडा स्तरीय भलिवल प्रतियोगिता तथा मोटरबाटो उद्घाटन

अमृत अधिकारी || ५ फाल्गुन २०७५,आईतवार ०८:३९

डिल्ली राज पंगेनी पाल्पा, ५ फाल्गुन । पूर्वखोला गाउँपालिका–५ विरकोट बुढीलेक युथ क्लबको सहकार्यमा साबिक वडा स्तरीय भलिवल प्रतियोगिता तथा मोटर बाटो उद्घाटन सहित सास्कृतिक कार्यक्रम सम्मन्न भएको छ ।


पूर्वखोला गाउँपालिका ५ विरकोट वडा कार्यालयबाट उत्तरतर्फ पर्ने यस लेकमा मोटर बाटो पुगे पछि स्थानीय हर्षित भएका छन् । पर्यटकीय हिसाबले पछाडी परेको ठाउँ मोचावारीमा मोटर बाटो पुगे पछि स्थानीयहरु उत्साहित भएका छन । यहाँबाट हिमालको सुन्दर दृष्य, रामपुर चापाकोट फाँट, कालिगण्डकी नदी, पोखराको साराङ्गकोट डाँडा सहितको मनोरम दृष्यवलोकन गर्न सकिन्छ ।


यहाँ रहेको सिद्धमन्दिर मादलको जस्तो आवाज आउने ठाउँ सहित बनभोजको लागि निकै उचित ठाउँको पर्यटकिय बिकासको लागी कार्यक्रम गरिएको हो । कार्यक्रम साबिक वडा स्तररीय खेल सहित फाल्गुन ४ गते मोटरबाटो उद्घाटन सहित विभिन्न साँकृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिती नुन वहादुर थापाले यहाँ मोटर बाटो पु¥याउन यहाँको जनताहरुले निकै संघर्ष गरेको र मोटरबाटो स्तरउन्नतिको लागी गाउँपालिकाले प्राथमिकता दिने बताउनु भयो । कार्यक्रमा अध्यक्ष थापाले यस ठाउँलाइ पर्यटकीय रुपमा अगाडी बडाउन प्रयत्न गरिने बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराइ निमित्त प्रशासकीय अथिकृत तथा सुचना अधिकारी मोहोन ढकाल, पूर्वखोला गाउँपालिका ५ बिरकोट वडा अध्यक्ष धन बहादुर सिजाली लगायतले कार्यक्रम सफल रहेको बताउनु भयो ।


वडा अध्यक्ष सिजालीले यस बाटो निर्मार्णको लागी ४ लाख गाउपालिकाबाट परेको बाटो र जन स्रमदान बाट बाटो पुर्याउन सफल रहेको बताउनु भयो । कार्यक्रममा स्थानीय लोगगित तथा नाच प्रस्तुत गरिएको थियो । भलिवल प्रतियोगितामा रम्भा गाउपालिका २ फोक्सिङ्कोट बोरमसे प्रथम, रभा बाकुम द्वितिय र विरकोट भैसादी तृतिय हुन सफल भएका छन ।


कार्यक्रममा प्रथम द्वितिय र तृतिय खेलाडी लाइ क्रमश ३० हजार २० हजार र १० हजार साथमा मेड्ल सहित पुरस्कार बितरण गरेको कार्यक्रम बुढीलेक युथ कलबका अध्यक्ष खेम सिंजालीको अध्यक्षतामा सचिव दुर्गेस सिजालीको संचालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys