X

जनकल्याण आधारभूत विद्यालय मित्यालकाे रजत जयन्ती सम्पन्न

अमृत अधिकारी || ४ फाल्गुन २०७५,शनिबार १३:१७

धनबहादुर ठाडा पाल्पा ४ फागुन । जनकल्याण आधारभूत विद्यालय निस्दी-४, मित्याल , पाल्पाले २५ औं बर्षको अवसरमा रजत जयन्ती समारोह सम्पन्न गरेको छ।

विद्याल व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर ठाडाको अध्यक्षतामा भएको समारोहको मुख्य पाहुना पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य संघीय संसद दलबहादुर राना रहनुभएको थियो । रजत जयन्तीको उदघाटन गर्नुहुँदै संसद रानाले वर्तमान सरकार प्राविधिक रोजगार मुखी गुणस्तरीय शिक्षामा प्रतिबद्ध भएर लागिरहेको बताउनुहुँदै विद्यालयमा मातृभाषा प्रारम्भिक शिक्षा दिन नेपालको संविधानमा समेत व्यवस्था रहेकोले मातृभाषाको शिक्षा सुरुवात गर्न निस्दी गाउँपालिकाको ध्यान जाओस भन्नुभएको थियोे ।

समारोहमा प्रधानाध्यापक लोक बहादुर सारुले ३७ लाख १७ हजार ७ सय १० रुपैयाँ बराबरको आर्थिक तथा बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

विद्यालयक शिक्षक रेम बहादुर खनगाहाको स्वागत मन्तव्यबाट शुरु भएको समारोहमा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चा , नेपाली काँग्रेस निस्दी गाउँ कार्य समिति सभापति शालिग्राम पाण्डे , निस्दी गाउँपालिका शिक्षा शाखा संयोजक रिखी बहादुर राना , निस्दी गाउँ कार्यपालिका सदस्य हेम कुमारी सुनारी , गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केशबहादुर सुनारी , पुर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर सुनारी , पुर्ब प्रधानाध्यापक धनबहादुर खाम्चा लगायतले बोल्नुभएको थियोे ।

समारोहमा प्रधानाध्यापक लोक बहादुर सारुले ३७ लाख १७ हजार ७ सय १० रुपैयाँ बराबरको आर्थिक तथा बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरु , प्रधानाध्यापक तथा शिक्षक , विद्यालय व्यवस्थापन समिती सदस्य , चन्ददाता , समाजसेवी लगायतलाई सम्मान गरेको थियोे । विभिन्न झाँकी नाच तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक बोम बहादुर खाम्चाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys