X
0
Shares

कालीगण्डकी नदी माथी शतीघाटमा झाेलुङ्गे पुल बन्ने

अमृत अधिकारी || ४ फाल्गुन २०७५,शनिबार १२:४५

सीता डोटेल पाल्पा ४ फागुन । गण्डकी प्रदेश र ५ नम्बर प्रदेश जोड्ने गरी कालीगण्डकी नदीको तनहुँ पुट्टार र पाल्पा नवलपरासी पुर्व खण्डको संगम स्थल डमरमा झलुङ्गे पुल निर्माण हुने भएको छ । तनहुँको घिरिङ्गसुन्धारा १ पुट्टार र पाल्पाको निस्दी १ बाकामलाङ्ग डमरा जोड्ने गरी बन्ने पुलको प्राविधिक सहितको टोलीले स्थलगत अबलोकन अनुगमन गरेको छ । तनहुँको दुर्गम गाउँपालिका घिरिङ्गसुन्धारालाई बजार उन्मुख गराउन यस पुलले महत्वपुर्ण भुमिका खेल्नेछ ।

हिराचन÷डि.एल.टी. जे.भी. निर्माण कम्पनीले जिम्मा पाएको यो पुलको सम्झौता यही महिना हुनेछ । भ्याट बाहेक २ करोड ९ लाखको लगानीमा निर्माण हुन लागेको झोलुङे पुल ३ सय १९ मिटर लम्वाईको हुनेछ । पहाडको समथर भाग रामपुर–पुट्टार संभावना बोकेको ठाउँ हो,नेपाल सरकारका पूर्व सचिव शान्त बहादुर श्रेष्ठले भन्नुभयो–कालीगण्डकी उपत्यकाको एकीकरण र स्वास्थ्य, शिक्षा माफत यस क्षेत्रका बस्तीलाई यो पुलले जोड्नेछ । छिमेकीको सम्बन्ध बनेको डमरा पुट्टारका बासिन्दालाई नदी वारिपारी गर्न घण्टौं हिडेर स्याउलीबजारबाट जानुपर्ने बाध्यता छ । स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डभिजन कार्यालयसँग निर्माण कम्पनीले सम्झौता गरेपछि तत्काल पुल निर्माणको काम शुरु हुने श्रेष्ठले बताउनुभयो । डि.एल.टी. कन्ट्रक्सन प्रा.लि.का सञ्चालक तिर्खाराम खड्काका अनुसार अब २ हप्ताभित्र पुल निर्माण सम्झौता भई निर्माण कार्य थालिनेछ । प्राविधिक सहितको टोलीले अध्ययन गरेको छ,खड्काले भन्नुभयो–असहज छैन हामी सम्झौतासँगै कामलाई अगाडी बढाउनेछौ । कालीगण्डकीको मनमोहक समथर फाँट रहेको पुट्टारको यही पुल नजिकै काठमाडौं युनिर्भसिटी धुलिखेल सँगको समन्वयमा कोरियाली सहयोग नियोग (कोइका)को प्राविधिक सहयोगमा शिक्षण अस्पताल आउट सेन्टर निर्माणको प्रक्रिया अगाडी बढेको छ ।

त्यसैगरि सिटीईभिटी अन्तर्गत बन बिज्ञान डिप्लोमा अध्ययनको पढाई यसैबर्षदेखि पुट्टारमा सञ्चालित छ । पर्यटन मन्त्रालयको सहकार्यमा कालीगण्डकी नदीको राम्दी–देवघाट ¥याफ्टिङको विश्राम स्थलका रुपमा लिइएको पुट्टारमा दरै समुदायको होमस्टे विकासले पनि यहाँको महत्व बढाएको छ । यहाँका दरै समुदायले पर्यटन प्रर्बद्धन र आफ्ना मौलिकता झल्काउन दरैं होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेका छन् । गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र घिरिङ्गसुन्धारा गाउँपालिकाको समन्वयमा पुट्टारको आवासिय क्षेत्रलाई जग्गा एकीकरणको माध्यमबाट व्यवस्थित बस्ती विकास अन्तर्गत नमुना वस्ती निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रण बहादुर रानाले बताउनुभयो । प्रदेश र कालीगण्डकी उपत्यकामा व्यवस्थित बस्ती विकास अबधारणा ल्याउने यो पहिलो स्थानीय तह हो । घिरिङ्गसुन्धारा गाउँपालिकाले यसको अध्ययनको लागि ५ लाख रुपँया बिनियोजन समेत गरेको छ । पुट्टारको माथिल्लो क्षेत्र जोड्ने गरि रामपुर नगरपालिका १ स्याउलीबजारमा डवल लेनको मोटरेवल पुलको निर्माण कार्य शुरु भैसकेको छ । बिजुली बत्ती पनि नपुगेको पुट्टारमा शिक्षा, स्वास्थ्य र पर्यटन हवको रुपमा विकास हुदै गएको छ । यस क्षेत्रको विकासले एकीकृत रामपुर उपत्यकाको अबधारणामा टेवा पुग्नेछ । धार्मिक, पुरातात्विक, ऐतिहासिक र पर्यटकीय कालीगण्डकी नदी किनारको नगर उन्मुख कालीगण्डकी उपत्यकाको समग्र विकासमा यस्ता विकास निर्माणले निकै महत्व दिने निस्दी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण बहादुर खाँणले बताउनुभयो । शिक्षा, स्वास्थ्य देखि लिएर प्राविधिक पढाई हुने र नदीले छुट्याएको वारिपारी भुभागलाई यस्ता पुल र विकास निर्माणले छोएमा दु्रत गतिमा यस भु-भागको विकास हुने खाँणले बताउनुभयो ।

तनहुँको घिरिङ्गसुन्धारा १ पुट्टार र पाल्पाको निस्दी १ बाकामलाङ्ग डमरा जोड्ने गरि बन्ने पुलको प्राविधिक सहितको टोलीले स्थलगत अबलोकन अनुगमन गरेको छ । तनहुँको दुर्गम गाउँपालिका घिरिङ्गसुन्धारालाई बजार उन्मुख गराउन यस पुलले महत्वपुर्ण भुमिका खेल्नेछ । हिराचन÷डि.एल.टी. जे.भी. निर्माण कम्पनीले जिम्मा पाएको यो पुलको सम्झौता यही महिना हुनेछ । भ्याट बाहेक २ करोड ९ लाखको लगानीमा निर्माण हुन लागेको झोलुङे पुल ३ सय १९ मिटर लम्वाईको हुनेछ । पहाडको समथर भाग रामपुर–पुट्टार संभावना बोकेको ठाउँ हो,नेपाल सरकारका पुर्व सचिव शान्त बहादुर श्रेष्ठले भन्नुभयो–कालीगण्डकी उपत्यकाको एकीकरण र स्वास्थ्य, शिक्षा मार्फत यस क्षेत्रका बस्तीलाई यो पुलले जोड्नेछ । छिमेकीको सम्बन्ध बनेको डमरा पुट्टारका बासिन्दालाई नदी वारिपारी गर्न घण्टौं हिडेर स्याउलीबजारबाट जानुपर्ने बाध्यता छ । स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डभिजन कार्यालयसँग निर्माण कम्पनीले सम्झौता गरेपछि तत्काल पुल निर्माणको काम शुरु हुने श्रेष्ठले बताउनुभयो । डि.एल.टी. कन्ट्रक्सन प्रा.लि.का सञ्चालक तिर्खाराम खड्काका अनुसार अब २ हप्ताभित्र पुल निर्माण सम्झौता भई निर्माण कार्य थालिनेछ । प्राविधिक सहितको टोलीले अध्ययन गरेको छ,खड्काले भन्नुभयो–असहज छैन हामी सम्झौतासँगै कामलाई अगाडी बढाउनेछौ । कालीगण्डकीको मनमोहक समथर फाँट रहेको पुट्टारको यही पुल नजिकै काठमाडौं युनिर्भसिटी धुलिखेल सँगको समन्वयमा कोरियाली सहयोग नियोग (कोइका)को प्राविधिक सहयोगमा शिक्षण अस्पताल आउट सेन्टर निर्माणको प्रक्रिया अगाडी बढेको छ । त्यसैगरि सिटीईभिटी अन्तर्गत बन बिज्ञान डिप्लोमा अध्ययनको पढाई यसैबर्षदेखि पुट्टारमा सञ्चालित छ । पर्यटन मन्त्रालयको सहकार्यमा कालीगण्डकी नदीको राम्दी–देवघाट ¥याफ्टिङको विश्राम स्थलका रुपमा लिइएको पुट्टारमा दरै समुदायको होमस्टे विकासले पनि यहाँको महत्व बढाएको छ । यहाँका दरै समुदायले पर्यटन प्रर्बद्धन र आफ्ना मौलिकता झल्काउन दरैं होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेका छन् । गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र घिरिङ्गसुन्धारा गाउँपालिकाको समन्वयमा पुट्टारको आवासिय क्षेत्रलाई जग्गा एकीकरणको माध्यमबाट व्यवस्थित बस्ती विकास अन्तर्गत नमुना वस्ती निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रण बहादुर रानाले बताउनुभयो । प्रदेश र कालीगण्डकी उपत्यकामा व्यवस्थित बस्ती विकास अबधारणा ल्याउने यो पहिलो स्थानीय तह हो । घिरिङ्गसुन्धारा गाउँपालिकाले यसको अध्ययनको लागि ५ लाख रुपँया बिनियोजन समेत गरेको छ । पुट्टारको माथिल्लो क्षेत्र जोड्ने गरि रामपुर नगरपालिका १ स्याउलीबजारमा डवल लेनको मोटरेवल पुलको निर्माण कार्य शुरु भैसकेको छ । बिजुली बत्ती पनि नपुगेको पुट्टारमा शिक्षा, स्वास्थ्य र पर्यटन हवको रुपमा विकास हुदै गएको छ । यस क्षेत्रको विकासले एकीकृत रामपुर उपत्यकाको अबधारणामा टेवा पुग्नेछ । धार्मिक, पुरातात्विक, ऐतिहासिक र पर्यटकीय कालीगण्डकी नदी किनारको नगर उन्मुख कालीगण्डकी उपत्यकाको समग्र विकासमा यस्ता विकास निर्माणले निकै महत्व दिने निस्दी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण बहादुर खाँणले बताउनुभयो । शिक्षा, स्वास्थ्य देखि लिएर प्राविधिक पढाई हुने र नदीले छुट्याएको वारिपारी भुभागलाई यस्ता पुल र विकास निर्माणले छोएमा दु्रत गतिमा यस भु-भागको विकास हुने खाँणले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys