पाल्पा, जिल्लाको सिद्धार्थ माध्यमिक विद्यालय माथागढी ७ रहबासको विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरिएको छ । मंगलवार बसेको अभिभावकहरुको वृहत भेलाले हुमकुमारी परियारको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा चन्द्रबहादुर सारु, ( पूर्ण बहादुर ढेंगा, कृष्ण बहादुर राना, प्रेम बहादुर राना, नुरमाया राना, देवी सरा ढेंगा शिक्षक प्रतिनिधि देबहादुर दर्लामी, सदस्य सचिव प्रअ दिलबहादुर थापा रहनुभएको छ ।
अभिभावक भेला उद्घाटन कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको प्रमुख आतिथ्यतामा भएको थियो ।




