Search
सोम, कार्तिक १७, २०८२

पाल्पामा संचालनमा आयाे रक्त संचार केन्द्र

पाल्पा – नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले रक्त संचार केन्द्र संचालनमा ल्याएकाे छ । नेपाल रेडक्रस साेसाइटी स्थापना दिवसकाे अवसर पारेर बिहीबारदेखि आफ्नै कार्यालय रहेकाे भवनबाट रक्त संचार केन्द्र संचालनमा ल्याएकाे जनाएकाे छ । पाल्पाका लागि वार्षिक ४ हजार पिन्ट रगत आवश्यक रहेकाे शाखा सभापति बावुराम कार्कीले बताउनुभयाे । पाल्पामा रगत अभाव हुन नदिन विगत डेढ वर्षदेखि निरन्तर रूपमा रक्त संचार केन्द्र स्थापनाका लागि गरिएकाे पहलले सार्थकता पाएकाे सभापति कार्कीले बताउनुभयाे । शाखाले उक्त केन्द्र नियमित रूपमा संचालन गर्न विभिन्न व्यक्तिहरूसँग हाम्राे ब्लड बैँक हामी बनाउँछाैँ महाअभियान संचालन गरेकाे र त्यसबाट ६८ लाख रकम सङ्कलन भएकाे शाखा उपसभापति भीमसेन कार्कीले जानकारी दिनुभयाे ।
शाखाले अहिले दुई जना प्राविधिक कर्मचारीसहित पाँच जना कर्मचारीबाट रक्तसंचार केन्द्र नियमित संचालन गरिरहेकाे शाखाका सदस्य डा. झपेन्द्र ढकालले बताउनुभयाे । त्यसका लागि कर्मचारीलाई आवश्यक तालिम प्रशिक्षण दिइसकिएकाे छ । शाखाकाे मिसन अस्पताल नजिकै भवन बनिरहेकाे छ । उक्त भवनका लागि नेपाल सरकारबाट गत वर्ष १ कराेड ५३ लाख र याे वर्ष ३ कराेड रकम विनियाेजन भएकाे शाखाका महामन्त्री केशवराज नेपालले जानकारी दिनुभयाे । हाल रक्त संचार केन्द्र संभालनका लागि तानसेन र रामपुर नगरपालिका, रिव्दीकाेट र रम्भा गाउँपालिकाले जिन्सीसामग्री सहयाेग गरेकाे छ ।
यसैबीच शाखाले विविध कार्यक्रमसहित स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रम, रेडक्रसकाे झण्डाेत्तलन, पत्रकार तथा रेडक्रसका पालिका स्तरीय कमिटिका पदाधिकारीसँग अन्तरक्रिया गरिएकाे शाखाका कार्यक्रम अधिकृत विनाेद भारतीले जानकारी दिनुभयाे ।
Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।