X

पाल्पाका व्यवसायी मर्हजनद्वारा एक महिनाको भाडा मिनाहा

    रानीमहल संवाददाता || १० चैत्र २०७६,सोमबार १८:४५

पाल्पा– पाल्पाका युवा व्यवसायी राजु मर्जनले आफ्नो घर, भवनमा भाडामा बस्ने, व्यवसाय गर्नेलाई एक महिनाको भाडा मिनाह गर्नुभएको छ ।


पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहुनभएका व्यवसायी महर्जनद्वारा एक महिनाको भाडा मिनाहा गरेको घोषणा गर्नुभएको हो ।


सोमवार एक विज्ञप्ती जारी गर्दै पाल्पाका व्यवसायी महर्जनले आफ्नो घर, भवनमा भाडाामा बस्नेहरुको चैत्र महिनाको भाडा मिनाह गर्ने घोषणा गर्नुभएको हो ।


उहाँले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा सहुलियत छुटको व्यवस्था गरेको रानीमहलसँगको कुराकानीमा बताउनुभयो ।

होटल गौरी शंकरका संचालक महर्जन पाल्पाली ढाकाका संस्थापक स्व. गणेशमान महर्जन र वरिष्ठ महिला उद्यमी पूर्णमाया महर्जनका छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५