Erani Mahal
अन्तर्राष्ट्रिय नारी दिवस : निस्दीमा आमा समूहबीच हाजिरी जवाफ प्रतियोगिता
nnv
पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आमा समूहहरु बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग र महिला समन्वय समिति अर्चलेको आयोजनामा स्वास्थ्य महिला आमा समूह बिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । जम्मा ८ वटा समूहको सहभागिता रहेको प्रतियोगितामा नमुना स्वास्थ्य आमा समूह चिदिया प्रथम, जनजागृती स्वास्थ्य आमा समूह अर्चले द्वितीय र कानुङ्ग स्वास्थ्य आमा समूह नारीभङ्ज्याङ्गको समूहले तृतीय स्थान हासिल गरेका थिए । समितिका अध्यक्ष मिम्श्री बयम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको थियो । बिजेता समूहलाई बधाई तथा सहभागी समूहहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै प्रमुख अतिथि सुनारीले यस्ता कार्यक्रम आवश्यक रहेको बताउदै महिला समूहहरु सिर्जनशील कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर सोमै,अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना लगायतकाले बोल्नु भएको थियो । समितिका सदस्य मिम्श्री राना सुनारीको स्वागतबाट चलेको कार्यक्रमको सन्चालन सचीव पुष्पा सारुले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update