Erani Mahal
पाल्पामा यामाहाकाे माइलेज च्यालेन्ज सम्पन्न
bv
पाल्पा – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम एडब्लु इन्टर प्राइजेज प्रालिले पाल्पा को तानसेमा शनिबार रे जेडआर १२५ एफ आई माइलेज च्यालेन्ज र ¥यालीको आयोजना गरेको छ । यामाहाको नयाँ उत्पादन रेजेडआर १२५ एफ आईको अभुतपूर्व माइलेज र अन्य फिचरहरुबो ग्राहकलाई जानकारी दिन आयोजना गरिएको यो च्यालेन्जमा ३४ जना रेजेडआर १२५ एफ आईका ग्राहकले सहभागिता जनाएका थिए । पाल्पास्थित यामाहाको आधिकारिक डिलर ज्ञानेन्द्र अटो वक्र्सबाट सुरु भएको यो ¥याली लहरेपिपल , तानसेन दरबार, शितलपाटी, नारायणस्थान, मेहलधारा, मिसन अस्पताल, आर्यभन्ज्याङ्ग, बर्तुङ्ग, बसपार्र्क हुँदै सा ेरुमामा पुगी टुंगिएको थियो । यो च्यालेन्जमा सहभागी विजय घिमिरे को स्कुटरले ८८.५० प्रति लिटर माइलेज दिएको थियो र उहाँ विजेता घोषित हुनु भयो । त्यसैगरी माइलेज च्यालेन्जमा अमुल्य रत्न शाक्य द्वितीय र निजाम दिन मिया तृतीय हुनु भएको थियो । उहाँहरुलाई ज्ञानेन्द्र अटो वक्र्स.का प्रबन्धक निर्देशक विरन्द्र काजी शाक्यले ट्रफि र सर्टिफिकेट हस्तान्तरण गर्नु भयो । ‘रे जेडआर १२५एफआईले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । तर यो माइलेज स्कुटर कसरी चलाइएको छ भन्नेमा निर्भर हुन्छ । त्यसले माइलेज च्यालेन्जमा सहभागीको माइलेज फरक फरक थियो,’ ज्ञानेन्द्र अटो वक्र्स पाल्पाका सोरुम इन्चार्ज विवेक काजी शाक्यले भन्नु भयो, ‘आजको यो इभेन्ट निकै सफल रह्यो र उपस्थित ग्राहकहरु पनिखुसी हुनु भयो । उहाँहरु रे जेडआर १२५ एफ आईको पर्फमेन्स र माइलेबाट निकै खुसी भएको हामीले पाएका छौं । साथै, धेरै ग्राहक यसमा रहेको एफआई इन्जिनबाट पनि सन्तुष्ट रहेको हामीले पायौं ।’ यामाहाले अत्याधुनिक फिचर र अभुतपूर्व डिजाइन भएको रे जेडआर १२५ एफ आईलाई ६ महिनाअघि मात्र नेपालमा सार्वजनिक गरेको थियो । यो अवधिमा दश हजार भन्दा बढी ग्राहकले यसलाई आफ्नो साधनका रुपमा अपनाइसकेका छन् । यो शक्तिशाली स्कुटरले मात्र७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिन सक्छ । साथै पछिल्लो उत्सर्जन मापदण्ड बीएस ६ इन्जिनजडित यो स्कुटरले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ जुन बजारमा उपलब्ध अन्य जुनसुकै स्कुटरले दिने माइलेज भन्दा सबै भन्दा बढी हो । यामाहा रे जेडआर १२५एफआई फ्युल इन्जेक्सन प्रविधि भएको एक मात्र (यामाहा फेसिनो १२५ एफआर्इ पछि) स्कुटर हो ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update