Erani Mahal
रामपुरको कोल्टारमा ट्रष्ट भवनको सिलान्यास
156063422_821296498819095_5263394257384136577_n
पाल्पा - रामपुर नगरपालिका वडा नम्बर ८ कोल्टारमा सामुदायिक ट्रष्ट भवनको शिलान्यास भएको छ । निर्वाचन क्षेत्र विकास कोषको १० लाख रुपँयामा बन्ने ट्रष्टको प्रदेश सांसद युवराज खनालले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्दै लुम्बिनी प्रदेशका सांसद खनालले विकास निर्माणको कार्यमा संघ, प्रदेश सरकार र स्थानिय सरकार मिलेर अघि बढेको बताउनुभयो । रामपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बोम बहादुर नामजालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष दिनेश आचार्यले स्वागत गर्नुभएको थियो भने ट्रष्टका अध्यक्ष सञ्जय नेपालीले कार्यक्रमको सञ्चालन गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update