Erani Mahal
निस्दीमा अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
khel
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा आगामी चैत २० गते देखि अध्यक्ष कप भलिबल प्रतियोगिता हुने सन्चालन भएको छ । निस्दी खेलकुद समितिका संयोजक नविन्द्र थापा सोतीको अध्यक्षतामा आज बसेको भेलाले उक्त निर्णय गरेको हो । निस्दीको खेल मैदान झ्याल्टुङ्ग डाँडा सन्चालन हुने खेलमा गाउँपालिका भित्रका पुरुष र महिला भलिबल प्रतियोगिता हुनेछन् । सहभागिताको लागि नि:शुल्क दर्ता गरिने खेलमा पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार,दोस्रोलाई ३० हजार,तेस्रोलाई २० हजार र सान्त्वना हुने समूहलाई १० हजार रुपैयाँ,मेडल,ट्रफी र प्रमाणपत्र दिइने भएको छ । त्यसैगरी महिला भलिबल प्रतियोगितामा पहिलो,दोस्रो,तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः २० हजार,१५ हजार,१० हजार र ५ हजार रुपैयाँ,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक सोतीले बताउनु भएको छ । अध्यक्ष कप सन्चालन गर्नुभन्दा अगाडि निस्दीका ७ ओटै वडामा छनौट खेल सन्चालन गरिने र उक्त खेल सन्चालनको लागि प्रत्येक वडामा १/१ लाख रुपैयाँ विनियोजन गरिएको छ । अध्यक्ष कप सन्चालन गर्नका लागि ४ लाख रुपैयाँ विनियोजन गरेको निस्दीले खेल सन्चालन तयारीको लागि १४ गते बैठक बस्ने भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update