Erani Mahal
मजदुर व्यबस्थापन समितिको सातौ साधारण सभा तथा अधिवेशन
156668840_441636690458189_6209630902918151539_n
पाल्पा- जिल्लाका पूर्वी भेगमा रहेको मजदुर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले भवन निर्माण निर्देशिका र नगरको मापदण्डलाई मध्यनजर गर्दै सबै श्रमिक मजदुरले भवन तथा घर निर्माण गर्नुपर्ने बताउनुभयो । भुकम्प प्रतिरोधात्मक र प्राबिधिकले दिएको नक्सा अनुसार काम गरेर व्यवस्थित नगर बनाउन आग्रह गर्नुभयो । जब घर मापदण्डको बन्दैन, त्यसपछि कुनै व्यापार व्यवसाय गर्न बैंकबाट लोन पाइदैन त्यसैले राम्रो र सुरक्षित घर बनाउने हात डकर्मी सिकर्मी मजदुरको भएकोले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । कानुन र मापदण्डको परिधिमा रहेर भवन संरचना नबनेको खण्डमा कानुनको दायरामा ल्याउनपर्ने बाध्यता हुने हुँदा यसमा चनाखो हुन निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । यस्ता समितिले सबै मजदुरको बिमा गर्नुपर्छ, थापाले भन्नुभयो–विमा बिना काममा लगाउन पाइदैन र १८ बर्ष मुनिकालाई पनि जोखिम काममा लगाउन पाइदैन त्यसैले यसमा संस्थाले गोलबद्ध गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले मजदुर भनेर संकुचित नभई श्रमिक भनेर फराकिलो सोच राख्न आग्रह गर्दै मजदुरले गर्ने शारिरीक श्रम बढी मेहनती हुने बताउनुभयो । उहाँले मानसिक र शारीरिक श्रम दुबैको उत्तिकै महत्वपुर्ण हुने भन्दै श्रमिकहरुलाई तालिम र व्यवस्थित गराउन नगरपालिकाले भुमिका खेल्ने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका सचिब तथा पत्रकार सीता डोटेल, सहयात्री नेपालका सचिब तथा पत्रकार बन्दना पोखरेल लगायतले मजदुरहरुको पौरखको प्रशंसा गर्दै समान कामको समान ज्यालाका लागि यस्ता संगठन र सम्बन्धित क्षेत्रमा बहस हुनुपर्नेमा जोड दिनुभयो । पुर्वी पाल्पा मजुदर व्यवस्थापन समितिले साधारण सभाका अबसरमा समितिमा आबद्ध ५७ जना अगुवा मजदुरलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । यसैबीच समितिले संस्थामा आबद्ध सबै मजदुर र कार्यक्रममा सहभागीलाई संस्थाको लोगो सहितको टिर्सट प्रदान गरेको थियो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सचिब जायश्वर पाण्डेले र धन्यवाद संस्थाका बरिष्ठ उपाध्यक्ष यम बहादुर सुनारले व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिब निलकण्ठ भण्डारीले गर्नुभएको हो । केही दिनमा नया नेतृत्व चयन गर्ने समितिको बन्द सत्रले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update