Erani Mahal
सकारात्मक सोच सम्बन्धी रामपुरमा कार्यक्रम
157617943_426765158386227_7151571496261864254_n
पाल्पा - युथ युनियन मटेरीको आयोजना, रामपुुर नगरपालिका, लायन्स क्लब रामपुर र उद्योग वाणिज्य संघको समन्वयमा रामपुरमा एक दिने यात्रा सकारात्मता तर्फको कार्यक्रम भएको छ । कार्यक्रममा रामपुर नगरपालिका भित्रका ७ विद्यालयका बिद्यार्थी र सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा सोच समुह स्याङ्गजाका संयोजक कृष्णजङ्ग के.सी., सोच समुहका डम्बर घले, अभियान्ता अन्तिम गुरुङ्ग, विद्यार्थी प्रिन्सा रेग्मीले सकारात्मक सोच र सकारात्मक जीवनको लागि अग्रसर सम्बन्धी सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सकारात्मक सोचले दैनिकी र जीवन नै परिवर्तन हुने हुँदा सबै नागरिक सकारात्मक भएर विकासमा एकबद्ध हुनुपर्ने बताउनुभयो । नेकपा रामपुर नगर इन्जार्च राजु प्रसाद श्रेष्ठ, रामतुल्सी माबिका अध्यक्ष बिष्णु प्रसाद पौडेल लगायतले बोल्दै मानव जिवन सकारात्मक पाटोमा लाग्नुपर्ने बताउनुभयो । लायन्स क्लब रामपुरका अध्यक्ष पुरुषोत्तम के.सीको स्वागतबाट शुरु भएको कार्यक्रम युुथ युनियन मटेरीका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षता र सचिब दिपेन्द्र प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा रामतुल्सी माबि, दरैठाटी माबि., गंगा माबि, नबदुर्गा माबि, सीताराम माबि, भुपु सैनिक बोडिङ्ग स्कुल र रामपुुर अग्रेंजी आवासिय माबिका बिद्यार्थीहरुको सहभागी रहेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update