Erani Mahal
पाल्पाकाे निस्दीमा जीप दुर्घटना : चार जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर
Jip_Accident
पाल्पा – शनिबार बिहान निस्दीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । निस्दी गाउँपालिका-७, ज्यामिरे पोखरीछाँप नजिकै कच्ची सडकमा लु १ ज १७६२ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । घाइते हुनेहरुमा निस्दी–७, बस्ने वर्ष २२ का रेवन आले, सोही स्थानका २१ वर्षका डिलबहादुर सारु, सोही स्थानकै २८ वर्षका चन्द्रसिंह सुनारीमगर र चालक पूर्वखोला–३, का ३७ वर्षीय शिशिर आचार्य रहनुभएको छ । घाइतेमध्ये रेवन आलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते अन्य ३ जनाको अवस्था समेत चिन्ताजनक रहेको छ । [caption id="attachment_15228" align="alignnone" width="768"] फाइल फाेटाे[/caption] घाइतेहरुको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । शनिबार बिहान २ बजेतिर वीरकोटस्थित बिहेबाट दाइजो लिएर ज्यामिरेतर्फ फर्कने क्रममा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । जीप सडकदेखि २५ मिटर तल खसेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update