Erani Mahal
निस्दीमा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम
157183487_452554172756893_1147866202642908599_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा रहेका जनप्रतिनिधि पदाधिकारी तथा कर्मचारीहरुका लागि क्षमता विकास तालिम सन्चालन भएको छ । निस्दी गाउँपालिकाको आयोजनामा सन्चालन भएको तालिमको अध्यक्षता गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गर्नुभएको थियो । तालिममा गाउँपालिका भित्र रहेका ७ वटै वडाका वडा सचिव,गाउँपालिकाका शाखा प्रमुख र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नागरिकता र योजना सन्चालन सम्बन्धि जानकारी गराउने उद्देश्यले सन्चालन भएको तालिमको सहजिकरण जिल्ला समन्वय अधिकारी ध्रुव बहादुर कुँवर, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख खेमराज घिमिरे र इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख इश्वर चन्द्र अर्यालले गर्नु भएको हो । गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन प्रशासन शाखा प्रमुख अर्जुन खनालले गर्नुभएको थियाे ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update