Erani Mahal
भूमिगत रहेका विप्लव दुइ वर्षपछि सार्वजनिक !
biplop
पाल्पा- करिब २ वर्ष भूमिग रहनुभएकाे नेत्र विक्रम चन्द विप्लव सार्वजनिक हुनुभएकाे छ । उहाँ नवलपरासीमा सार्वजनिक हुनुभएकाे छ । उहाँ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट प्रस्थान गर्नुभएकाे छ । उहाँलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ । सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए । आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update