Erani Mahal
निस्दीको पाकरीखाेलामा २ कराेड लागतमा मोटरेबल पुल निर्माण सुरु
pud l
पाल्पा- जिल्लाको निस्दी गाउँपालिका वडा नं. ५ गल्धा ढुङ्गानाबेसी र वडा नं. ३ झिरुवास जाेड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । भौतिक पुर्वाधार मन्त्रालय लुम्बिनी प्रदेश मार्फत बन्ने पुलको लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चाैधरीले शिलन्यास गर्नु भएको छ । पुल शिलन्यास गर्दै मन्त्री चाैधरीले जनताकाे सहयाेग विना काम पुर्ण नहुने भन्दै जनताले जिताएका नेताबाट विकासका थुप्रै काम भएकाे जानकारी गराउनुभयो । उहाँले प्रदेशमा १ सय ५४ वटा पुल निर्माणाधिन र बन्ने प्रक्रियामा रहेका मध्ये पाल्पामा १५ वटा निर्माणाधिन अबस्थामा रहेकाे बताउनु भयाे । मन्त्री चौधरीले रामपुर कपुरकाेट सडक प्रदेशकाे गाैरवकाे आयाेजनाकाे रुपमा काम अघि बढेकाे बताउनु भयाे । लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकामा अबको २ वर्ष भित्र विजुलीको पहुँच पुग्ने बताउँदै उपलब्ध स्रोत साधनकाे सहि प्रयाेग गरि सबैलाई विकासकाे अनुभूति हुने काम गर्ने बताउनु भयाे । लुम्बिनी प्रदेशका सांसद युवराज खनालले आवश्यकता अनुसार निमार्ण भईरहेका याेजनाका बारेमा जानकारी गराउनु भएकाे थियो । भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले गत पौष २९ गते नयाँ बाटाे दर्शन जि एस जेभी वालिङ संग आगामी २०७८पाैष २८ गते सम्पन्न गर्ने गरी निर्माण सम्झाैता भएकाे जानकारी दिनुभयो । पुल २० मिटर लम्बाइ र ९ मिटर चौडाई सहित दायाँबायाँ पैदल मार्ग रहनेछ । प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्रालयकाे २ कराेड २१ लाख ४ हजार ३ सय ७९ रुपैयाँकाे लागतमा पुल बन्नेछ । पुलकाे प्रादेशिक सडक पुल समन्वय कार्यालय नेपालगञ्जकाे सहयाेगमा सडक पुर्वाधार विकास कार्यालय पाल्पाले विशेष रेखदेख गर्नेछ । यस पुल निर्माण भएपछि बेलडाँडा, ढुङ्गाना बेसी, झिरुवास हुँदै नवलपुरको हुप्सेकोट पुग्न सडकमा पहुँच थप सहज हुनेछ । कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिकामा भएका विभिन्न याेजनाकाे जानकारी गराउँदै पुर्वाधार निर्माणका कार्य तिव्रगतिमा भैरहे पनि अझै निस्दीबासीलाई विकासकाे अनुभूति गराउन नसकिएकाे बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम निस्दी ३ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पाटाकाे स्वागत र निस्दी ५ का वडा अध्यक्ष भिम बहादुर बयम्बुको सञ्चालनमा भएकाे हाे ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update