Erani Mahal
काेराेना बिरूद्धकाे खाेपबारे अभिमुखीकरण
hh
पाल्पा – कोरोना बिरुद्धको दोस्रो चरणको खोप लगाउन जिल्लाभरका स्थानीय तहले तयारी गरेका छन् । फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । त्यसका लागि तानसेन, रामपुर, रम्भा, माथागढी, तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, पूर्वखोला बगनासकाली र निस्दी गाउँपालिकाले समेत तयारी थालेको हो । लक्षित समूहसम्म खोप पु¥याउने उद्देश्यले अहिले जिल्लाभर नै खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम भईरहेको छन् । यसैबीच माथागढीको कसेनी स्थास्थ्य चौकीले समेत वडा खोप समन्वय समितिका पदाधिकारी सहित सरोकारवाला पक्षलाई खोप सम्बन्धी अभिमुखीकरण गरेको छ । बुधबार कसेनी स्वास्थ्य चौकीको आयोजनामा भएको कोरोना बिरुद्धको खोप अभिमुखीकरण कार्यक्रममा कसेनी स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द भट्टराईले कोरोना खोपका बारेमा जानकारी दिनुभएकाे थियाे । उहाँले कोरोना खोप लगाउनुपर्ने आवश्यकता, यसको असर र आवश्यक तयारीका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार कसेनीमा ५५ वर्ष उमेर समूहमाथिका एक हजार ३९९ नागरिकलाई फागुन २३ गते कोरोना बिरुद्धको खोप दिने तयारी भइरहेकाे बताउनुभयो । साेही दिन सवारीचालक अनुमतिप्राप्त मानिसले समेत उक्त खाेप लगाउनेछन् । कार्यक्रममा वडा अध्यक्ष दिपक थापा, दिव्यज्योति माविका प्रधानाध्यापक नारायण अधिकारी, पत्रकार रेखीराम राना, गाउँ कार्यपालिका सदस्य तारा रसाली लगायतले कोरोनाकाे संक्रमणबाट बच्न सबैले खोप लगाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम स्वास्थ्य चौकीका अहेब पविसरा चिदीको स्वागत, गोविन्द भट्टराईको संचालन र वडा अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update