Erani Mahal
निस्दीले समुदाय स्तरमा कोभिड विरुद्धको खोप २३ गते देखि सन्चालन गर्दै
156702184_167481265049018_6893592832062383419_n
पाल्पा - निस्दी गाउँपालिका पाल्पाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिड -१९ विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका सबै ७ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सन्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । आगामी फागुन २३ देखि समुदाय स्तरमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको अध्यक्ष सारुले बताउनु भएको छ । ५५ बर्ष उमेर माथिका नागरिक, शिक्षक, चालक, सहचालक, पहिले छुट भएका जन प्रतिनिधि,स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीलाई लक्षित गरि खोप चलाउने भएको हो । फागुन २३ देखि २९ गतेसम्म गाउँपालिकाका तोकिएका स्वास्थ्य चौकी तोकिएका ७ स्थानमा खोप सन्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन खनालले जानकारी दिनु भएको छ । वडा नम्बर १ बाकालाङ्ग स्वास्थ्य चौकीमा फागुन २३ गते, वडा नम्बर २ सहलकोट स्वास्थ चौकीमा २४ गते, वडा नम्बर ३ को झिरुबास स्वास्थ्य चौकीमा २५ गते र वडा नम्बर ७ ज्यामिरे स्वास्थ्य चौकीमा २६ गते खोप सन्चालन हुने भएको हो । त्यसैगरी वडा नम्बर ६ को अर्चले स्वास्थ्य चौकीमा फागुन २७ गते, वडा नम्बर ५ को गल्धा स्वास्थ्य चौकीमा २८ गते र वडा नम्बर ४ को मित्याल स्वास्थ्य चौकीमा खोपको अन्तिम दिन फागुन २९ गते खोप सन्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन वडा सम्बन्धित क्षेत्रका सम्बन्धित सबैलाई परिचयपत्र सहित उपस्थित हुन समेत अनुरोध गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update