Erani Mahal
रामपुर नगरपालिकाले समुदाय स्तरमा कोभिड विरुद्धको खोप संचालन गर्दै
155451792_713101252906920_7212682879732469531_n
पाल्पा- रामपुर नगरपालिकाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिडविरुद्धको खोप सञ्चालन गर्दैछ ।नगरपालिकाका सबै १० वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सन्चालन गर्ने गरि तयारी थालेको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । कोरोनाको कहरमा व्यबस्थित आगमन, महामारी नियन्त्रण र नागरिकको दैनिकी चलाउन सहज बनाउने उद्देश्यले राहत बितरणमा जिल्लामा नमुना काम गरेको यस नगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा थप व्यवस्थित रुपमा खोप अभियान चलाउन थालेको हो । जोखिमयुक्त खोप अघि सबै वडालाई लक्षित गर्दै स्वास्थ्य सस्थामा अभिमुखीकरण कार्यक्रम गरेको छ । आगामी फागुन २३ देखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको बताउदै नगर प्रमुख थापाले समुदायको नजिकका सस्थामा गएर सहज र विश्वसनीय सेवाप्रदान गर्न आग्रह गर्नुभयो । ५५ बर्ष उमेर माथिका नागरिक, शिक्षक, चालक, सहचालक, पहिले छुट भएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारीलाई लक्षित गरि खोप चलाइनेछ । फागुन २३ देखि २९ गतेसम्म नगरपालिकाका तोकिएका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, अस्पताल, वडा कार्यालय, स्कुल गरि तोकिएका ८ स्थानमा खोप कार्यक्रम चलाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । वडा नम्बर १ लाई गाडाकोट स्वास्थ्य चौकी, वडा नम्बर २ लाई आधारभुत स्वास्थ्य केन्द्र भलायटार, वडा नम्बर ३ को तल्लो क्षेत्रलाई शहरी स्वास्थ्य केन्द्र रजघरा, वडा नम्बर ३ र ४ का माथिल्लो भागका नागरिकलाई दर्छा स्वास्थ्य चौकीमा, वडा नम्बर ४ को तल्लो भाग र वडा नम्बर ५,६ र ७ को लागि रामपुर अस्पताल, वडा नम्बर ८ को माथिल्लो भाग र ९ को लागि भानुभक्त माबी जब्गादी, वडा नम्बर ८ को तल्लो भागका नागरिकलाई वडा कार्यालय कुमराङ र वडा नम्बर १० को लागि गेझा स्वास्थ्य चौकीमा सम्बन्धित क्षेत्रका नागरिकलाई पायक पर्ने गरि नगरपालिकाले कोभिड खोप केन्द्र तोकेर खोप लगाउने तयारी गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताउनुभयो । समुदायमा खोप अभियान अघि बिभिन्न स्थानमा कोभिड बिरुद्धको खोप, खोपको आवश्यकता बिषयमा अभिमुखीकरण कार्यक्रम चलाइएको गाडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update