Erani Mahal
कानुङ लाङघाली मगर समाजद्वारा दिल्लीमा मगर दिवश कार्यक्रम
155512888_433896401160319_2388579574865515433_n
पाल्पा । कानुङ लाङ्घाली मगर समाज दिल्लीले मगर एकता दिवस तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । दिल्लीमा बस्ने मगर समुदायका नेपालीहरुको संस्थाको आयोजनामा भएको भब्य कार्यक्रममा सहभागीले आफ्नो कला संस्कृति, भेषभुषा, शैली र रहनसहनले आत्मियता बढाएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति मगर संघ नेपालका विदेश विभागप्रमुख रक्षा बहादुर राईका मगरले मगरहरूले आजको समय अनुसार समाजलाई ढाल्न आवश्यक भएको बताउनुभयो । साथै देश विदेशमा रहेका मगर समाजहरूलाई संगठित भई एक विधानको छातामा रहन उहाँले जोड़ दिनुभयो । समावेशीको प्रक्रियामा जनजातिहरूलाई न्याय गर्न राईका मगरले सरकारलाई आग्रह गर्नुभयो । युवानेता तथा समाजसेवी सन्दीप रानाले जनमानसलाई सम्बोधन गर्र्दै नेपाल राष्ट्र निर्माणमा मगरहरूको उच्च योगदान रहेको बताउनुभयो । उहाँले मगरहरूको गौरवमय इतिहासको स्मरण गराउदै आजको समयमा मगरहरू सिर्फ कोटाको आश भरोसा मात्रै गरेर सांगुरो नभई समयको अनुसार सबै क्षेत्रमा आफ्नो सशक्त क्षमता बढाउदै जानुपर्छ र इतिहासलाई दोहो¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाल दूतावास कल्चरल काउन्सलर होम लुईटेलले कानुङ लाङघाली मगर समाज दिल्लीले प्रवासमा मगर संस्कृति मात्रै नभई सम्पूर्ण नेपाली संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिलाई प्रवासमा चिनाउने र संरक्षण गर्ने काम गरेको बताउनुभयो । कार्यक्रममा नेपालका लोक कलाकारहरू दीपिका बयम्बु मगर, दीप मगर र खिमा रोका मगरले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुभयो । मगर समाजका विद्यार्थीहरूले मगर इतिहास सम्बन्धी हाजीरी जबाफ प्रतियोगिता र कार्यपत्र प्रस्तुत गरेका थिए । साथै स्थानीय कलाकारहरूले पनि भव्यताका साथ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कानुङ लाङघाली मगर समाज दिल्लीका अध्यक्ष फÞर्श बहादुर थापाको अध्यक्षतामा कार्यक्रम गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update