Erani Mahal
निस्दीमा कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धि अभिमुखिकरण
nisdi_
पाल्पा - निस्दीमा कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । निस्दी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी , जनप्रतिनिधि , कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेकोे थियो । नेपाल सरकारको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानलाई निस्दीमा पनि सफल पार्नको लागि अभिमुखखिकरण कार्यक्रम गरेको हो। कार्यक्रममा कोभिड १९ विरुद्ध खोपको परिचय , यसको फाइदा तथा महत्त्व , लक्षित समुह , खोप केन्द्रको बारेमा जानकारी तथा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले गर्नुभएको थियो । फागुन २३ गतेदेखि २९ गतेसम्म चाल्ने दोस्रो चरणको लक्षित समूहमा ५५ वर्षदेखि ७४ वर्ष उमेर समुहका नागरिक , शिक्षक , सवारी चालक र सह चालक , दीर्घरोगी तथा पहिलो चरणमा छुटेका ७५ वर्ष माथिका जेष्ठनागरिक परेको र खोप लगाउन आउँदा सबैले अनिवार्य रूपमा परिचयपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र ल्याउनुपर्ने संयोजक दिशाले बताउनुभयो । निस्दीमा खोपकेन्द्र प्रत्येक वडाको स्वास्थ्य चौकीमा छुट्टाछुट्टै दिन रहने छ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update