Erani Mahal
पाल्पाको सिडिओ न्यौपाने गए, पाण्डेय आउँदै
c
पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेशराज न्यौपानेको सरुवा भएको छ । उहाँको खानेपानी मन्त्रालयमा सरुवा भएको हो । न्यौपानेको स्थानमा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी रहेका सिन्धुलीका प्रजिअ योगेन्द्र प्रसाद पाण्डेय पाल्पा आउँदै हुनुहुन्छ । न्यौपाने १० महिना अघि सुर्खेतबाट प्रमुख जिल्ला अधिकारीको रुपमा पाल्पामा आउनुभएको थियो । उहाँको जिल्लाका विभिन्न संघ संस्थाले विदाई गरेका छन् । कर्मचारी मिलन केन्द्र, सुरक्षा समिति, जिल्ला प्रशासन, कारागार लगायतका संघ संस्थाहरुले न्यौपानेको आगामि कार्यकाल सफलताको कामना सहित विदाइ गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update