Erani Mahal
निस्दीकाे सहलकाेटमा काेभिड खाेप सम्बन्धि अभिमुखिकरण
d
पाल्पा- निस्दी गाउँ पालिका वडा न २ सहलकोट,पाल्पामा कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७/०७८ अन्तर्गत वडा स्तरीय स्वयंसेवकहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अभिमुखिकरण कार्यक्रममा कार्यक्रमको उद्देश्य , कोभिड १९ को परिचयको बारेमा जानकारी गराउदै स्वास्थ चौकी सहलकोटका सिनियर अहेव जगत थापाले कोभिड १९ को उच्च जोखिम वर्ग ,महामारीको अवस्था ,प्रदेश अनुसारको नयाँ सङक्रमित संख्या ,रोग सर्ने तरिका ,रोगका चिन्ह तथा लक्षण ,रोगको पहिचान निदान र बच्ने उपायबारे सहजीकरण गरेको हो । स्वास्थ कार्यालय पाल्पाको आर्थिक सहयोग र सहलकोट स्वास्थ चौकी पाल्पाको आयोजना मा संचालन भएको हो । सहलकोट स्वास्थ चौकी पाल्पाका अनमी कल्पना देबि गाहाको स्वागत र अनमी सीता माया दर्लामीले सन्चालन गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update