Erani Mahal
केएफ नेपालद्वारा रामपुरका प्रमुख प्रशासकीय अधिकृतलाइ स्वागत
नागिला
पाल्पा-रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका नेपाल सरकारका उपसचिव हरिराम नागिलालाई कालीगण्डकी फाउण्डेशन नेपालले स्वागत गरेको छ । सस्थाको कार्यालयमा एक कार्यक्रम गरि फाउण्डेशनले खादा र फुलको गुच्छा प्रदान गरि नागिलालाई उहाँको रामपुर नगरपालिकाको सेवा समय सुखद र सफल रहोस् भन्ने कामना सहित स्वागत गरेको हो। २ बर्ष अघि स्थापना भएको सेवा प्रदायक सस्था कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले सस्थाको बारेमा उहालाई जानकारी गराउनुभएको थियो । स्थापनाको केही समयमा नै गुणस्तरीय एम्बुलेन्स सेवा, नगरका १ सय किसानलाई बादर धपाउने यन्त्र, रामपुरमा पहिलो सार्वजनिक पुस्तकालय स्थापना सहित विभिन्न काममा नगरपालिका संगको समन्वयमा सेवामा अग्रसर यस सस्थाको बारेमा प्रमुख प्रशासकीय अधिकृत नागिलालाई जानकारी गराइएको हो । सोही अबसरमा बोल्दै नागिलाले सस्थाले रामपुर क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सामाजिक काममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । सरकारी, सामुदायिक वा सस्थागत संघसस्थाले समाज र नागरिकको उत्थानमा काम गर्ने नै भएको हुदा समाजको सकारात्मक विकासमा यस्ता सस्थाहरु यसरी सेवा प्रवाहमा आउनुपर्ने बताउनुभयो । साथै नागिलाले फाउण्डेशनले संचालन गरेको बिद्यामन्दिर पुस्तकालयको अबलोकन समेत गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update