Erani Mahal
निस्दीमा विविध कार्यक्रम गरी  मगर एकता दिवस मनाइयो
मम
पाल्पा- निस्दी गाउँपालिका पाल्पाले ३९ औं मगर एकता दिवस विविध कार्यक्रमका साथ २ दिन सम्म मनाएको छ । नेपाल मगर संघ निस्दी,पाल्पाका अध्यक्ष राम बहादुर पाटा मगरको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना मुक्त बहादुर सारु मगर रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सारु मगरले आफ्ना भाषा र संस्कृतिलाई संरक्षण गर्न आफैले तत्परता देखाउनु पर्ने बताउदै भोलिका सन्ततिहरुका लागि हस्तान्तरण गर्न सक्ने बताउनुभयो । उहाँले मगर समुदायको बहुल्यता रहेको निस्दीमा गत वर्ष देखि मगर एकता दिवसमा सार्वजनिक बिदा दिने शुरु गरेको र यस पटक १५ र १६ गते २ दिन बिदा दिने निर्णय भएको बताउनुभयो । नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजु घर्ती मगरले शुभकामना दिनुहुदै मगर एकताको इतिहास र यसको औचित्य बारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा समाजसेवी देवीलाल लामीछाने मगर,हेम बहादुर खाम्चा मगर लगायतकाले समेत आ-आफ्ना बिचार राख्नुभएको थियो । कार्यक्रममा निस्दीका ७ वटै वडाका विभिन्न झाँकीहरु कौरा,घाटु,सोराठी र झ्याउरे नाचका साथै पाल्पा लोक आइडल बिजेता धनमाया दिसुवा मगरको प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । संघका सचिब मुक्त बहादुर पाटा मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन संचारकर्मी धन बहादुर ठाडाले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update