Erani Mahal
मुख्यमन्त्री पाेखरेललाइ विष्टकाे जवाफ चुनाव हार्ने मान्छेकाे धाक ठूलाे
Gokarna-Bista
गुल्मी - पूर्वमन्त्री तथा नेकपाका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक नरहेको बताउनुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विष्टले भन्नुभयाे, ओली अब एक मिनेट पनि सत्तामा बस्न लायक छैनन्।ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। अर्को एक फरक प्रसंगमा विष्टले प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहर नभएको पनि बताउनुभयाे । यदि प्रचण्डले प्रधानमन्त्री बन्न चाहेको भए ओलीसँगको सहमतिअनुसार आधा(आधा समय सत्ता सञ्‍चालन गर्ने सहमति रहेको पनि उहाँले भन्नुभयाे । यस्तै, केही दिन अगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विष्टलाई छिट्टै ओली लाइनमा नआए सडकमा पुर्‍याउने धम्की दिएको विषयमा पोखरेललाई अबको चुनावमा आफूले चुनाव जितेर देखाउन पाेखरेललाइ चुनौती दिनुभयाे । उहाँले चुनाव हार्ने मान्छेकाे धाक ठुलाे भएकाले गुल्मी आएर धक्कु नलगाउन र विष्टको चिन्ता नगर्न पनि सुझाव दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update