Erani Mahal
रामपुर नगरपालिकाको आठौं नगर सभा : ३ विधेयक र १ नियमावली पारित
द्ब
पाल्पा -रामपुर नगरपालिकाको आठौ नगर सभा ३ विभिन्न बिधेयक र १ नियमावली संशोधन सहित पारित गर्दै सकिएको छ । नगर प्रमुख रमण बहादुर थापाले दिप प्रज्वलन सहित फुलको ८ वटा गमलामा पानी राखेर शुभारम्भ गर्नुभएको आठौं नगर सभामा भएको गहन छ्लफलले ३ वटा बिधेयक र १ नियमावली पारित गरेको हो । पूर्वाधार विकास समिति संयोजक हिमाल मल्लले प्रस्तुत गर्नुभएको भवन निर्माण बिधेयक २०७७, सामाजिक विकास समिति संयोजक एक बहादुर नेपाली र सदस्य मिन बहादुर सिंजालीले प्रस्तुत गर्नुभएको स्वास्थ तथा सरसफाइ बिधेयक २०७७, बिपद व्यबस्थापन समिति सदस्य तारा बहादुर थापा र सदस्य हुमनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण बिधेयक २०७७ र लेखा समिति संयोजक लिला बहादुर गाहाले प्रस्तुत गर्नुभएको खरिद नियमावली २०७७ एकहप्ता भित्र संसोधन सहित सभाले पारित गरेको हो । करिव २ करोड २५ लाखको नगर स्तरिय योजना पनि सभाले संशोधन गरेको छ । जसमा संघ संस्था तर्फका २५ वटा, खानेपानी तर्फका २१ वटा, मर्मत तथा निर्माण तर्फ ९६ वटा, वन तर्फ ३ वटा, खेलकुद तर्फ ४ वटा, शिक्षा तर्फ बैठक, भ्रमण अनुगमन गरि १ वटा, स्वास्थ्य तर्फ ३ वटा, अन्य तर्फ १५ वटा योजना संशोधन गरेको हो । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले योजना संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । सो बिधेयक तथा नियमावली माथि सभा सदस्य कमलराज भट्टराई, तिर्थ प्रसाद पङेनी, कृष्ण बहादुर सारु, गम बहादुर मल्ल सहितले जिज्ञासा राख्नुभएको थियो । नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गरिमामय सभाबाट आएका बिषयबस्तुमाथिका सुझाबलाई समाबेश गरि जारी गरिने बताउनुभयो । उहाँले "स्वच्छ सुन्दर र समुन्नत शहर, हाम्रो रामपुर नगर" भन्ने नारालाई आत्मसाथ गर्दै नगरको हरेक क्षेत्रको विकास र समृद्ध नगरबासीको अभियानलाई जोड दिदै अघि बढेको उल्लेख गर्नुभयो । नागरिकको आवश्यकतालाई प्राथमिकता दिएर नगर विकासमा जुटेको बताउदै थापाले यो अग्रसरतामा सबैले हातेमालो गरेर नगर विकासमा जोड दिनुपर्ने बताउनुभयो । २ हप्ता अघि सरुवा भइ आउनुभएका रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सुन्दर रामपुर नगरपालिकाको सुन्दर आवधिक योजना तत्काल बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । नगरका नागरिक आफैमा आत्मनिर्भर र अन्तर्निर्भर हुने खालका कामले राज्यले लिएको समृद्ध नेपालको परिकल्पना पनि पूरा गर्ने हुँदा अबका गतिविधिहरु नगर र नागरिकको दैनिकीमा उपलब्धिमुलक राष्ट्रिय र अन्तर्राष्ट्रिय सुचक (इन्डिकेटर)लाई पूरा गर्ने गरि सञ्चालन गर्नुपर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतमा भएको नगर सभा उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले स्वागत र रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरि पाण्डेयको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update