Erani Mahal
रामपुरमा माेटरसाइक दुर्घटना हुँदा एक जनाकाे मृत्यू
bike_accident
पाल्पा- रामपुरमा माेटरसाइक दुर्घटना हुँदा एक जनाकाे मृत्यू भएकाे छ । रामपुर न.पा.- ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुर तर्फ जादै गरेको लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । माेटरसाइकल सडक देखी अन्दाजी ७ मिटर तल खस्न जादा मोटर साइकल चालक जिल्ला पाल्पा रामपुर न.पा. ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेकाे मृत्यू भएकाे हाे । उनलाइ घाईते उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषण गरेको उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरिक्षककाे कमाण्डमा टोली खटिई गएको उक्त सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेकाे सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update