Erani Mahal
निस्दीमा मातृ  तथा पेरिनेटल मृत्यु निगरानी सम्बन्धि अभिमुखीकरण
लषक
पाल्पा - निस्दीमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , शिक्षक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यको परिचय औचित्य तथा प्रक्रिया , स्थानीय तह र अन्य निकायको भुमिका, स्थानीय तहमा संचालन गरिने परिवार स्वास्थ्य कार्यक्रम बारे जानकारी जस्ता विषयमा छलफल गरेको थियो । साथै निस्दीमा परिवार स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको अध्यक्षतामा ७ सदस्यीय पालिका स्तरीय समिति गठन गरेको छ। कार्यक्रममा सहभागीको तर्फबाट गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीले बोल्नुहुँदै निस्दीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सफल पर्नको लागि आफुहरुको निरन्तर सहयोग रहने प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र पाल्पाका प्रमुख डाक्टर अमृत भट्टराई र जिल्ला अस्पताल पाल्पाकी नर्सिङ अधिकृत करिश्मा सिंहले गर्नुभएको थियोे । निस्दी गाउँपालिका स्वास्थ्य शाखाका चिकित्सक तथा कर्मचारी अर्जुन रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन संयोजक रेम बहादुर दिशाले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update